इटहरीमा एक व्यक्तिले आफ्नै शरीरमा आगो लगाएका छन् ।

इटहरी ५ स्थित कृष्ण पेट्रोल पम्प छेवैको एक होटेल अगाडि पेट्रोल खनाइ शरीरमा आगो लगाएका ४५ वर्षीय सूर्यबहादुर अधिकारीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठका अनुसार उनी गम्भीर घाईते भएका छन् ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया