विराटनगर । नेपाल विद्यार्थी संघ मोरङले नविन्द्रराज जोशीको ५९ औं जन्मजयन्तीमा दीपप्रज्वलन गरेको छ । नेविसंघ मोरङको आयोजनामा विराटनगरको बुद्धहाट चोकमा जोशीको जन्मजयन्तीमा दीपप्रज्वलन गरिएको अध्यक्ष देवचन्द्र घिमिरेले बताए । नेपाली कांग्रेस मोरगका जिल्ला सदस्य तथा नेविसघं मोरगका अध्यक्ष देवचन्द्र घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस मोरगका नेता राजु मास्के, अर्जुन निरौला, नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधी फुलकुमार लालवानी, नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधी तथा प्रदेश सदस्य सुची चौधरी, केशर बस्नेत, तरूण दल मोरग अध्यक्ष संजय थापा, नेपाल तरूण दल विराटनगरका अध्यक्ष सन्तोष न्यौपाने, सन्तोष ढुंगाना लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया