नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा असहजता देखिएपछि शुक्रबार बेलुकी गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको प्रचण्डको सचिवालयले जनाएको छ ।

“उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ । यो बीचमा उहाँको सम्पर्कमा रहनुभएका सबैले सतर्कता अपनाउनु हुन अनुरोध गर्दछौं,” उनको सचिवालयले भनेको छ, “डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकाले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गराउँदछौं ।”

तपाईको प्रतिक्रिया