सङ्खुवासभामा करेन्ट लागेर एक जना प्राविधिककोे मृत्यु भएको छ ।

मृत्यु हुनेमा २८ वर्षीय अनिलकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

सभापोखरी गाउँपालिका–३ मा बनिरहेको स्वास्थ्य चौकी भवनको नजिकै रहेको ११ केभीको ट्रान्समिसन लाइन छुँदा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेका ठाकुरलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया