सुनसरीको दुहबी ७ स्थित भलुवा खेलमैदानमा आठौं भलुवा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। आज दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले आठौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको समुदघाटन गर्दै २१ करोड लागतमा सुविधा सम्पन्न दुहबी रंगशालाको ६०% काम सम्पन्न भएको जानकारी दिएका छन्। मेयर गच्छदारले दुहबीमा खेलाडीहरुलाई ब्यबसायिक बनाउन फुटबल एकेडेमिको समेत अवधारणा लिइसकेको जनाए। आज भएको पहिलो प्रि-क्वाटर फाइनल खेलमा एवाइसि गढी सुनसरीले १ नम्बर प्रदेश नेपाल पुलिस क्लब मोरङलाई ६-० गोलको फराकिलो अन्तरले पछि पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ। आजको खेलमा उत्कृष्ट खेलाडी एवाइसि गढीका जर्सी नम्बर ७ का मेक्सवेल घोषित भए। उनलाई समुदघाटन खेलका प्रमुख अतिथी दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले ५ हजार नगद तथा ट्रफि प्रदान गरे। आज देखि सुरु भएको गोल्डकप फुटबल प्रतियोगितामा बिदेशी फुटबल क्लब क्यामरुन सहित १० वटा रास्ट्रिय र स्थानीय स्तरको क्लबबिच प्रतिस्पर्धा हुनेछ । भोलीको दोस्रो प्रि-क्वाटर फाइनल खेल पथरी स्पोर्टिङ क्लब मोरङ र संयुक्त युवा क्लब दुहबीका बिच हुने आयोजकले जनाएको छ। बिजेता टिमले उपाधी सहित नगद ३ लाख शिल्ड मेडल प्राप्त गर्नेछन् भने उपबिजेता टिमले नगद डेढ लाख शिल्ड मेडल प्राप्त गर्ने तथा विभिन्न विद्या तर्फबाट खेलाडीहरुलाई समेत पुरस्कृत गर्ने जनाइएको छ।
तपाईको प्रतिक्रिया







सम्बन्धित समाचार
धौलागिरी लघुवित्तको आइपीओ खुल्यो
धौलागिरी लघुवित्तले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक...
बसको ठक्करबाट बालकको मृत्यु
तनहुँको देवघाट गाउँपालिका–५ क्युदीस्थित देवपुर दासढुङ्गा सडकखण्डमा बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ । गत सा...
छोराको हत्या आरोपमा बाबु पक्राउ
प्रहरीले ३ वर्षीय बालक हत्याको आरोपमा उनकै बाबुलाई पक्राउ गरेको छ । प्रहरीले बैतडी घर भई हाल बर्दियाको बाँसगढी नगरपालिका...
मोरङको सुन्दरहरैँचामा कन्टेनरभित्र भेटियो शव, बेलबारीमा सुतेकै ओछ्यानमा युवा मृत फेला
मोरङको सुन्दरहरैँचा र बेलबारीमा मङ्गलबार बिहान दुई जना मृत फेला परेका छन् । मृत फेला परेका दुवै जना पुरुष हुन् । पूर्व–प...
स्वास्थ्यकर्मी मृत फेला
हुम्लामा एक स्वास्थ्यकर्मी मृत भेटिएका छन् । गतको शुक्रबारबाट बेपत्ता भएका ताँजकोट गाउँपालिका- ४ का १९ वर्षीय जीवन बोगटी...
हरिणको आक्रमणमा परी एकको मृत्यु
महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास...