मोरङ्गको बुढीगंगा गाउँपालिकामा एघारौं गाउँ सभामा आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ । सुक्रबार गाउँपालिकाको अध्यक्ष जितनारायण थापा मगरले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा करको दायरामा नआएका क्षेत्रहरुलाई करको दायरामा ल्याइने छ । चालु आर्थिक वर्षमा आन्तिरीक राजश्व अभिवृद्धि सुझाव कार्यदल निर्माण गरी करको दायरा बढाउने नीति सार्वजनिक भएको छ । गाउँपालिकाका अध्यक्ष मगरले शिक्षा तथा खेलकुद, जनस्वाथ्य, सामाजिक विकास, कृषि, पशु र वन ,विपद् व्यवस्थापन, खानेपानी तथा सिंचाई व्यवस्थापन, वातावरण र फोहोर व्यवस्थापन, पर्यटन प्रबद्र्धन ,शान्ति सुरक्षा, पूर्वाधार विकास, सूचना सम्बन्धी व्यवस्था, गैर सरकारी संस्था र सहकारी, व्यापार तथा वाणिज्य , सुशासन विषयहरुमा नयाँ तथा पुनमार्जित नीति तथा कार्यक्रमहरु ल्याएको जानकारी गराए ।

कार्यक्रममा गाउँपालिकाले अतिविपन्न वर्गका तथा आर्थिक चपेटामा परेका ३० विध्यार्थीहरुलाई छात्र वृत्ति प्रदान गराएका छन्। कार्यक्रमको प्रमुख अतिथि बुढीगंगा गाउँपालिकाको पुर्व अध्यक्ष बालचन्द्र माझी रहेको थियो भने विशिष्ट अतिथिमा पुर्व राज्य मन्त्री हरीनारायण चौधरी रहेको थियो । त्यसैगरी अतिथिहरुमा विभिन्न राजनितिक दलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया