नेकपा एकीकृत समाजवादीबाट मन्त्रिपरिषदमा प्रवेश गरेका नयाँ मन्त्रीहरुले सोमबार बिहान सपथ लिने भएका छन् ।

राष्ट्रपति कार्यालयमा बिहान ११ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ । राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ती जारी गर्दै मन्त्रिपरिषद्ले मन्त्रिपरिषद् पुनःगठन गरेको जानकारी गराएको छ ।

पुरानो मन्त्री मण्डलमा रहेका नेकपा एसका ४ मन्त्रीलाई पार्टीले फिर्ता बोलाइसकेको छ । २ मन्त्रीले आइतबार साँझ पत्रकार सम्मेलन नै गरेर विदाई समेत लिएका छन् ।

नेकपा एसबाट अब संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसी नियुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया