सोमबार रातिदेखि निरन्तर रुपमा भइरहेको मनसुनी वर्षाका कारण बुढीगंगा गाउँपालिका भित्रका अधिकांश स्थान बाढीबाट प्रभावित भएपछि स्थानीय सरकारले गाउँ पालिका भरिका सम्पूर्ण विद्यालय तीन दिनसम्म बन्द गर्ने निर्णय गरेको छ । गाउँ पालिकाकाे निर्णयअनुसार आजैबाट बुढीगंगा क्षेत्रका   विद्यालयहरु असार १७ गतेसम्म बन्द हुनेछन् । बाढीबाट विद्यालय जाने बालबालिकामाथि कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले तीन दिन विद्यालय बन्द गरिएको हो ।
Open photo
बाढीबाट विस्थापित भई समस्यामा परेका नागरिकलाई अल्पकालीन रुपमा विद्यालयमै आवासको व्यवस्था गर्नुपर्ने हुन सक्ने भएकाेले पठनपाठन बन्द गरिएको गाउँ पालिकाले जनाएको छ । हिजो मात्र विराटनगर महानगरपालिकाले पनि एक सूचना जारी गरी महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालय बन्द गरी सोही विद्यालयलाई बाढी पीडितको अस्थायी आवासको रुपमा प्रयोग गर्न थालेको छ ।

तपाईको प्रतिक्रिया