सुनसरीको इनरुवा र इटहरीमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
इनरुवा, साउन १८ गते । सुनसरी सदरमुकाम इनरुवा ७ बर्छवामा पौडी खेल्ने क्रममा शुक्रबार साँझ एक बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय अर्पण खबास रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका खबासलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा ल्याएकोमा उपचारको क्रममा उनको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्...