प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले साप्सुखोला मोटरेबल पक्की पुलको उद्घाटन गरेका छन् ।
सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सुखोलामाको मोटरेवल पक्की पुल प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन्।

५ करोड ६० लाख १० हजार ५ सय ४५ रुपैँया मा निर्माण सम्पन्न भएको उक्त पुल २०७८ जेठ १७ गते निर्माणको काम सम्पन्न गर्ने गरी २०७६ जेठ १७ गते सम्झौता भएको थियो ।
संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको दुई करोड बजेटमा निर्माण सम्पन्न भएको हो । ४० मिटर लामो पक्की पुल सूर्य एन्ड सन्स प्रालीले निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता गरेको हो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईको विशेष पहलमा निर्माण सम्पन्न भएको यस पुलको उद्धाटन गर्न प्रधानमन्त्री देउवा संगै, खानेपानी मन्त्री उमाकान्त चौधरी र नेपाली कांग्रेसका सह–महामन्त्री भिष्मराज आङदेम्बे लगायत नेताहरु हेलीकप्टर मार्फत कार्यक्रम स्थल आइ पुगेका थिए । जिल्लामा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितीमा उक्त पुल उद्धाटन गरिएको हो ।

तपाईको प्रतिक्रिया