सुनसरीको दुहबी ७ स्थित भलुवा खेलमैदानमा आठौं भलुवा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। आज दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले आठौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको समुदघाटन गर्दै २१ करोड लागतमा सुविधा सम्पन्न दुहबी रंगशालाको ६०% काम सम्पन्न भएको जानकारी दिएका छन्। मेयर गच्छदारले दुहबीमा खेलाडीहरुलाई ब्यबसायिक बनाउन फुटबल एकेडेमिको समेत अवधारणा लिइसकेको जनाए। आज भएको पहिलो प्रि-क्वाटर फाइनल खेलमा एवाइसि गढी सुनसरीले १ नम्बर प्रदेश नेपाल पुलिस क्लब मोरङलाई ६-० गोलको फराकिलो अन्तरले पछि पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ। आजको खेलमा उत्कृष्ट खेलाडी एवाइसि गढीका जर्सी नम्बर ७ का मेक्सवेल घोषित भए। उनलाई समुदघाटन खेलका प्रमुख अतिथी दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले ५ हजार नगद तथा ट्रफि प्रदान गरे। आज देखि सुरु भएको गोल्डकप फुटबल प्रतियोगितामा बिदेशी फुटबल क्लब क्यामरुन सहित १० वटा रास्ट्रिय र स्थानीय स्तरको क्लबबिच प्रतिस्पर्धा हुनेछ । भोलीको दोस्रो प्रि-क्वाटर फाइनल खेल पथरी स्पोर्टिङ क्लब मोरङ र संयुक्त युवा क्लब दुहबीका बिच हुने आयोजकले जनाएको छ। बिजेता टिमले उपाधी सहित नगद ३ लाख शिल्ड मेडल प्राप्त गर्नेछन् भने उपबिजेता टिमले नगद डेढ लाख शिल्ड मेडल प्राप्त गर्ने तथा विभिन्न विद्या तर्फबाट खेलाडीहरुलाई समेत पुरस्कृत गर्ने जनाइएको छ।
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार
मोरङको सुन्दरहरैँचामा टिपरको ठक्करबाट ६ जना घाइते
बिराटचौक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–४ बलियामा टिपरको ठक्करबाट ६ जना घाइते भएका छन् । ...
अब भारतबाट आउँदा पाँच हजार डलरसम्म ल्याउन पाइने
काठमाडाैं / उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भारतबाट नेपाल आउने व्यक्तिले पाँच हजार अमेरिकी डलर बराबरको रकम ल्याउ...
भारी वर्षाका कारण ४३ जनाको मृत्यु, ३७ जना बेपत्ता
काठमाडौं / हिमाचल प्रदेशको विपद् व्यवस्थापन तथा राजस्व विभागका विशेष सचिव डीसी राणाले बीबीसीसँग कुरा गर्दै बताएअनुसार भा...
बुढीगंगा गाउँपालिकाको सार्वजनीक सुनुवाई हुदै
बुढीगंगा गाउँपालिकाको यस वर्षको सार्वजनीक सुनवाई कार्यक्रम असार २२ गते हुने भएको छ । बुढीगंगा गाउँपालिकाको आर्थिक सहयोग ...
बुढीगंगा गाउँपालिकाको सार्वजनीक सुनुवाई हुदै
बुढीगंगा गाउँपालिकाको यस वर्षको सार्वजनीक सुनवाई कार्यक्रम असार २२ गते हुने भएको छ । बुढीगंगा गाउँपालिकाको आर्थिक सहयोग ...
टहरामा ढुंगा खस्दा दिदी–बहिनीको मृत्यु
जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै घरका दिदी-बहिनीको भिरमाथिबाट खसेको ढुङ्गा लागेर मृत...