सुनसरीको दुहबी ७ स्थित भलुवा खेलमैदानमा आठौं भलुवा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। आज दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले आठौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको समुदघाटन गर्दै २१ करोड लागतमा सुविधा सम्पन्न दुहबी रंगशालाको ६०% काम सम्पन्न भएको जानकारी दिएका छन्। मेयर गच्छदारले दुहबीमा खेलाडीहरुलाई ब्यबसायिक बनाउन फुटबल एकेडेमिको समेत अवधारणा लिइसकेको जनाए। आज भएको पहिलो प्रि-क्वाटर फाइनल खेलमा एवाइसि गढी सुनसरीले १ नम्बर प्रदेश नेपाल पुलिस क्लब मोरङलाई ६-० गोलको फराकिलो अन्तरले पछि पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ। आजको खेलमा उत्कृष्ट खेलाडी एवाइसि गढीका जर्सी नम्बर ७ का मेक्सवेल घोषित भए। उनलाई समुदघाटन खेलका प्रमुख अतिथी दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले ५ हजार नगद तथा ट्रफि प्रदान गरे। आज देखि सुरु भएको गोल्डकप फुटबल प्रतियोगितामा बिदेशी फुटबल क्लब क्यामरुन सहित १० वटा रास्ट्रिय र स्थानीय स्तरको क्लबबिच प्रतिस्पर्धा हुनेछ । भोलीको दोस्रो प्रि-क्वाटर फाइनल खेल पथरी स्पोर्टिङ क्लब मोरङ र संयुक्त युवा क्लब दुहबीका बिच हुने आयोजकले जनाएको छ। बिजेता टिमले उपाधी सहित नगद ३ लाख शिल्ड मेडल प्राप्त गर्नेछन् भने उपबिजेता टिमले नगद डेढ लाख शिल्ड मेडल प्राप्त गर्ने तथा विभिन्न विद्या तर्फबाट खेलाडीहरुलाई समेत पुरस्कृत गर्ने जनाइएको छ।
तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार
इटहरी किनमेलको यात्रा बन्यो जीवनकै अन्तिम यात्रा, शिक्षिका अञ्जु ढकालको असामयिक निधनले विराटनगर शोकमा
इटहरी / विराटनगर–३ की ४२ वर्षीया खगमाया खरेल (अञ्जु ढकाल) बुधबार दिउँसो घरबाट स्कुटर चढेर इटहरीतर्फ निस्किँदा परिवारलाई ...
सुनसरीको दुहबीमा स्कुटर दुर्घटना: विराटनगरकी खगमाया खरेलको मृत्यु
दुहबी, सुनसरी – सुनसरीको दुहबीमा बुधबार दिउँसो भएको स्कुटर दुर्घटनामा परी विराटनगरकी एक महिलाको मृत्यु भएको छ। कोशी राजम...
श्रीमान बिदेशमा रहेकी काजलको मृत्यु, मदिरा सेवनपछि विवाद, उनलाई धकेल्ने युवक पक्राउ
शनिश्चरे । झापाको अर्जुनधारामा मदिरा सेवनपछि भएको विवादको क्रममा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । घट...
झापा कमलमा दुर्घटना हुँदा दुलालकाे मृत्यु
झापा कमल गा.पा.२ समयगढस्थित भित्रि सडक खण्डमा सडक दुर्घटना भइ उपचारका क्रममा कमल २ का धान्यप्रसाद दुलालकाे मृत्यु भएकाे ...
मेरिल्याण्डमा विद्यार्थीको ओइरो
विराटनगर / शैक्षिक गुणस्तर, उत्कृष्ट परीक्षाफल र अनुशासित अध्ययन वातावरणका कारण विराटनगरस्थित मेरिल्याण्ड कलेजप्रति विद्...
घरमा बुवा बिते, काजकि’रिया गर्न नेपाल फर्किन लागेका सन्तोष कम्बोडियामै अ,स्ताए
धादिङको धुनिवेशी नगरपालिका–९ जुगेडीका ४१ वर्षीय सन्तोष राई वैदेशिक रोजगारीका लागि कम्बोडिया पुगेका थिए। तर नियतिले यस्तो...
















