धनकुटा स्थित साँगुरीगढी गाउँपालिकामा राजमार्गमा गुडिरहेको पिकअप गाडीमा आगो लागेको छ । कोशी राजमार्ग अन्तर्गत साँगुरीगढी गाउँपालिका–६ चारखोले गोलाई नजिक हिलेबाट धरानतर्फ अाउँदै गरेको प्रदेश नं.२–०१–००१ च ०२४१ नम्बरको पिकअप गाडीमा अन्दाजी २ बजे आगो लागेको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएकाे छ ।

वायरिङ सर्ट भएर गाडीमा आगो लागेको हुनसक्ने प्रहरीको अनुमान रहेकाेछ । लाग्ने वित्तिकै चालक निस्किएकाले मानवीय क्षति भने हुँन नपाएको प्रहरीले जनाएको छ । आगोकाे कारण पिकअपको अगाडिको भाग जलेको छ । करिब आधा घण्टापछि आगो नियन्त्रणमा अाएकाे थिए ।

तपाईको प्रतिक्रिया