मोरङको बूढीगंगा गाउँपालिका वडा नं १ काे टंकीसिन्वारी मिलिजुली टोलमा शनिमन्दिरको शिल्यान्यास गरिएको छ । बुधबार गाउँपालिकाका अध्यक्ष जीत नारायण थापा मगरको प्रमुख आथित्यमा शनिमन्दिरको शिल्यान्यास गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष थापा मगरले शनि मन्दिर विराटनगर र धरानमा मात्र भएकाेले यस गाउँ पालिकामा पनि एउटा शनिमन्दिर निर्माण गरिनु पर्ने आबश्यक देखिएकाेले मन्दीर निर्माणमा लागेकाे बताए ।
गाउँपालिकाले यश मन्दिरकाे लागि सकेको सहयोग गर्ने र जतिसक्दो चाँडो निर्माण गरि सक्नुपर्ने बताए । बूढीगंगा गाउँपालिका विकास निर्माणका काममा अन्य स्थानभन्दा अगाडी रहेको समेत उनले उल्लेख गरे । बुढीगंगा गाउँपालिका बासीलाई रेडक्रस द्वारा ब्लड पनि निःशुल्क उपलब्ध हुने ब्यबस्था गराएकाे उनले बताए । यस्तै उनले बूढीगंगा गाउँपालिकामा सार्वजनिक शौचालय निर्माण हुँदै गरेकाे समेत उल्लेख गरे साथै गाउँपालिकाबासीहरुकाे को सरसल्लाह अनुसार आफु अगाडी बढ्ने उनको भनाई थियो । पाँच बर्षे कार्यकालमा गाउँपालिकाबासीले सोचेभन्दा धेरै काम गर्ने  प्रतिबद्धता समेत ब्यक्त गरे । कार्यक्रममा गाउँपालिका अध्यक्ष मगर, प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईसहित शनिमन्दिर निर्माण समिति अध्यक्ष दिपक घिमिरे, समाजसेवी माधव प्रसाद कोइराला, बूढीगंगा १ का वडाअध्यक्ष सोमराज काफ्ले, वडा सदस्य मोहन खतिवडा, वडा सदस्य सागर थापालगायतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया