बुढीगंगा गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल वितरण

बुढीगंगा गाउँपालिकाले  जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल वितरण
माेरङकाे बुढीगंगा गाउँपालिकाले गाउँपालिका भित्रका अति बिपन्न जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको छ । गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान गर्न आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रममा पालिका भित्रका ६० जना अति बिपन्न परिवारका वृद्धहरुलाई कम्बल वितरण गर्ने योजना सहित वितरण कार्य शुरु गरिएको हो । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माघ ४ गतेदेखि ६ गतेसम्म दैनिक २० जना वृद्ध...

प्रदेश २ को स्थायी राजधानी जनकपुर

प्रदेश २ को स्थायी राजधानी जनकपुर
प्रदेश २ को स्थायी राजधानी जनकपुर कायम भएको छ। मंगलबार बसेको प्रदेशसभा बैठकले दुई तिहाइ भन्दा बढी मतले जनकपुरको पक्षमा मतदान गरेको हो। प्रदेशसभामा खसेको ९९ मत मध्ये ७८ जना सांसदले जनकपुरको पक्षमा मतदान गरेका छन् जुन ७८.७८ प्रतिशत हो। प्रदेशको स्थायी राजधानी कायम हुन प्रदेशसभाको दुई तिहाइ बहुमतले निर्णय गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रधानमन्त्री कार्यालयका ४० कर्मचारीलाई संक्रमण

प्रधानमन्त्री कार्यालयका ४० कर्मचारीलाई संक्रमण
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरस महामारीको त्रासमा परेको छ । चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएपछि त्रास बढेको हो ।प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिवलाई कोरोना भएको छ । प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया र कृष्णबहादुर रावतलाई कोरोना संक्रमण भएको प्रवक्ता महादेव पन्थले जानकारी दिए । थपलिया कोभिड १९ संकट व्...

कोरोना तेस्रो लहर सुरु भएपछि देशभर २४८ प्रहरीमा कोरोना संक्रमण

कोरोना तेस्रो लहर सुरु भएपछि देशभर २४८ प्रहरीमा कोरोना संक्रमण
कोरोनाको तेस्रो लहर सुरु भएपछि देशभर गरेर दुई सय ४८ जना प्रहरी कोरोना संक्रमित भएका छन्। विभिन्न युनिटमा कार्यरत दुई सय ४८ जना प्रहरीमा कोरोना संक्रमण देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। अग्रपंक्तिमा रहेर काम गर्ने प्रहरी कर्मचारीमा धेरै संक्रमण देखिएको हो। काठमाडौं उपत्यकामा झन्डै ४० जना प्रहरीमा कोरोना संक्रमण भएको छ। भारतीय नाका क्षेत्रनजिकका युनिटमा कार्यरत प्रहरी बढी संक्रमित भएक...

प्रचण्ड कोरोना संक्रमणमुक्त

प्रचण्ड कोरोना संक्रमणमुक्त
काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमणमुक्त भएका छन् । हिजो आइतबार गरिएको प्रचण्डको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको उनका सचिवालयले जनाएको छ । गत पुस २३ गते पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको थियो । त्यसपछि होम आइसोलेशनमा रहेका प्रचण्डको एक हप्तामै कोरोना रिपोर्ट नेगिटिभ आएको हो ।

टंकीसिनवारीमा एक बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा कोईराला पक्राउ

टंकीसिनवारीमा एक बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा कोईराला पक्राउ
मोरङको टंकीसिनवारीमा १० बर्षीया बालिका यौनदुव्यवहा गरेको आरोपमा ५० वर्षीय पुरुषलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पौष ३० गते बेलुकी पसलमा रहेकी बालिकालाई शौचालय जाने क्रममा यौनदुव्यवहार गरेको पीडित बालिकाको आरोपपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । बालिकाका बुबाआमा सामान्य किसिमको जनरल स्टोर पसल संचालन गर्दै आएका छन् । उक्त दिन बालिका बुबाआमा नभएको मौका छोपी शौचालय गएको बेला शिव कोईरालाले ...

विराटनगर मालपोतमा कर्मचारीलाई कोरोना देखिएपछि अनिश्चितकालिन सेवा बन्द

विराटनगर  मालपोतमा  कर्मचारीलाई कोरोना देखिएपछि अनिश्चितकालिन  सेवा बन्द
विराटनगर । विराटनगरको मालपोतमा ६ कर्मचारीलाई कोरोना देखिएपछि सेवा अनिश्चितकालिन प्रभावित बनेको छ । कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि आन्तरिक अड्काको कामबाहेक सेवाग्राहीलाई प्रभाव गर्ने सेवाहरु बन्द गरिएको हो । मालपोत कार्यालय विराटनगरका प्रमुख मालपोत अधिकृत लोकबहादुर भण्डारीका अनुसार छ जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको छ । परीक्षण गराइएकामध्ये चारजनाको रिप...

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालका अभिन्न भाग हुन : सञ्चारमन्त्री कार्की

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालका अभिन्न भाग हुन : सञ्चारमन्त्री कार्की
नेपाल सरकारले नेपाल र भारतबीचको विवादित क्षेत्र लिम्पियाधुरा, लिपुलेक र कालापानीको सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गरेको छ । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुअघि सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको आधिकारिक धारणा सार्वजनिक गर्नुभएको हो । उक्त अवसरमा उहाँले महाकाली नदीको पूर्व लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाल...

कोरोनाको तेस्रो लहर : धमाधम नेताहरू आइसोलेसन

कोरोनाको तेस्रो लहर : धमाधम नेताहरू आइसोलेसन
काठमाडौं / नेपालमा पनि कोरोनाभाइरस संक्रमणको तेस्रो लहर सुरु भइसकेको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि तेस्रो लहर सुरु भएको हो । तर, यसपटक राजनीतिक दलका नेता संक्रमित भइरहेका छन् । पहिलो र दोस्रो लहरमा जोगिएका नेताहरू तेस्रो लहरमा धमाधम संक्रमित हुँदै आइसोलेसमा बसेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री देवेन्द्र पौडेलसहित दर...

माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्तिलाई कोरोनाविरुद्धको बुस्टर डोज

माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्तिलाई कोरोनाविरुद्धको बुस्टर डोज
आज माघ २ गतेदेखि अग्रपंक्तिमा खटिनेहरूलाई सरकारले कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाउँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अग्रपंक्तिमा खटिनेहरूलाई आज माघ २ गते र ६० वर्षभन्दा माथि उमेरका नागरिकलाई माघ १४ गते बुस्टर डोज खोप लगाउन सुरु गर्न लागिएको हो। यसका लागि मन्त्रालयले शुक्रबारै सबै प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्र पठाई निर्देशन...