धौलागिरी लघुवित्तको आइपीओ खुल्यो

धौलागिरी लघुवित्तको आइपीओ खुल्यो
धौलागिरी लघुवित्तले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो । यसअनुसार यसले प्रतिकित्ता सय अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये १६ हजार ५५० कित्ता सामुहीक लगानी कोष र ५ हजार एक सय ५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसा...

बसको ठक्करबाट बालकको मृत्यु

बसको ठक्करबाट बालकको मृत्यु
तनहुँको देवघाट गाउँपालिका–५ क्युदीस्थित देवपुर दासढुङ्गा सडकखण्डमा बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ । गत साउन १७ गते बसको ठक्करबाट घाइते भएका ११ वर्षीय रिमेश तामाङको सोमबार उपचारका क्रममा मृत्यु भएको हो । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । ग१क ३०३४ नंको बसको ठक्...

छोराको हत्या आरोपमा बाबु पक्राउ

छोराको हत्या आरोपमा बाबु पक्राउ
प्रहरीले ३ वर्षीय बालक हत्याको आरोपमा उनकै बाबुलाई पक्राउ गरेको छ । प्रहरीले बैतडी घर भई हाल बर्दियाको बाँसगढी नगरपालिका–५ मा डेरा गरी बस्ने डम्बरबहादुर बोहरालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नावय उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार बोहरा साउन १६ गते घरबाट ३ बर्षीय छोरालाई सँगै लिएर फरार भएका थिए । आफन्तले नाबालकको खोजी गरिदिन भन्दै प्रहरीमा नि...

मोरङको सुन्दरहरैँचामा कन्टेनरभित्र भेटियो शव, बेलबारीमा सुतेकै ओछ्यानमा युवा मृत फेला

मोरङको सुन्दरहरैँचामा कन्टेनरभित्र भेटियो शव, बेलबारीमा सुतेकै ओछ्यानमा युवा मृत फेला
मोरङको सुन्दरहरैँचा र बेलबारीमा मङ्गलबार बिहान दुई जना मृत फेला परेका छन् । मृत फेला परेका दुवै जना पुरुष हुन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा कन्टेनरभित्र आन्दाजी ४५/५० वर्षीय पुरुषको शव फेला परेको छ । चार दिनदेखि सडकमा रोकेर राखिएको ना ३ ख ४७४३ नम्बरको कन्टेनरको अगाडिको सिटमा शव भेटिएका पुरुषको पहिचान खुलेको छैन । मोरङ प्रहरीका प्रवक्ता डिए...

स्वास्थ्यकर्मी मृत फेला

स्वास्थ्यकर्मी मृत फेला
हुम्लामा एक स्वास्थ्यकर्मी मृत भेटिएका छन् । गतको शुक्रबारबाट बेपत्ता भएका ताँजकोट गाउँपालिका- ४ का १९ वर्षीय जीवन बोगटी मृत भेटिएका हुन् । स्वास्थ्य संस्थादेखि घर फर्केका बोगटी सोमबार बेलुका सल्लाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छप्रेला प्रहरी चौकीका इन्चार्ज बलिभद्र पनेरुले जानकारी दिए । बोगटी चार दिनपछि ताँजकोट -३ स्थित रानीवन भन्ने जंगलमा झुण्डीएको अवस्थामा फेला परेका हुन् । फेज ने...

हरिणको आक्रमणमा परी एकको मृत्यु

हरिणको आक्रमणमा परी एकको मृत्यु
महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका-८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न आएको हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको थियो । रासस

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताएकी छिन् । सांसदद्वारा पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उनले यसो भनेकी हुन् । विवाह गरेर नेपाल भित्रिने विदेशीलाई निश्चिन्त मध्यावदीको प्रतीक्षाबिना नै तत्काल राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक राष्ट...

निर्वाचन कार्यतालिका तय : असोज २३ मा उम्मेदवारी दर्ता

निर्वाचन कार्यतालिका तय : असोज २३ मा उम्मेदवारी दर्ता
आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम असोज २३ गते पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता हुनेछ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन व्यवस्थापनका लागि आयोगले आइतबार निर्वाच...

नक्कली युरेनियम कान्डमा हिरासतमुक्त गरिदिने भन्दै पैसा असुल्ने महिला पक्राउ

नक्कली युरेनियम कान्डमा हिरासतमुक्त गरिदिने भन्दै पैसा असुल्ने महिला पक्राउ
नक्कली युरेनियम कान्डमा हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै पैसा असुलेको आरोपमा मोरङ प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । सर्लाहीको कविलासपुर नगरपालिका–९ की ३० वर्षीया प्रमिला यादवलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार नक्कली युरेनियम प्रकरणमा विराटनगरबाट पक्राउ परेका मकवानपुरको बागमती गाउँपालिका– ५ का ३६ वर्षीय दीपकबहादुर भ्लोनकी...

नेपालमा थप ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

नेपालमा थप ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। त्यस्तै ४ सय ७० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा ५ हजार ६८६ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले ज...