टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ हजारभन्दा बढी पुगेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यस भूकम्पमा ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ । टर्कीमा कम्तिमा १७,६७४ जनाको मृत्यु भएको छ भने सिरियामा ३,३७७ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्पले करिब ६ हजार भवनमा क्षति पु¥याएको छ । यद्यपि, संयुक्त राष्ट्र संघले भूकम्पबाट भएको क्षतिको तस्बिर अझै स्पष्ट नभएको जनाएको छ । भूकम्पपछि टर्कीमा आपतकालको घोषणा गरिएको छ । टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान बिहान ७.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

टर्कीको राजधानी अंकारासहितका सहरहरूका साथै लेबनान, सिरिया, साइप्रससम्म पनि भूकम्पको धक्का महसुस भएको थियो । दुवै देशमा द्रुत गतिमा राहत र उद्धारको काम भइरहेको छ । यसैबीच, भूकम्पबाट बाँचेका हजारौँ जनताका लागि अत्यधिक चिसो नयाँ चुनौती बनेको छ ।

यहाँ बस्ने ठाउँका साथै खानेकुराको चरम अभाव छ । भूकम्पको प्रकोपपछि उनीहरु आवास, पिउने पानी र खानाबाट वञ्चित छन् । टर्कीका राष्ट्रपतिले उक्त भूकम्पलाई ‘शताब्दीकै प्रकोप’ भनेका छन् । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले विपत्तिको पूर्ण हद अझै “हाम्रो आँखा अगाडि देखा परिरहेको” चेतावनी दिए ।

विशेषगरी लामो समयदेखि जारी गृहयुद्धले ध्वस्त पारेको सिरियाको स्थितिमा उनले जोड दिए । सन् १९९९ मा टर्कीमा गएको भूकम्पले करिब १७ हजार मानिसको ज्यान लिएको थियो ।एजेन्सी।

तपाईको प्रतिक्रिया