चीनको चाअङ्जो विश्वविद्यालयले ‘लङ डिस्ट्यान्स रिलेशनशिप’ मा रहेका जोडीहरुलाई मध्यनजर गर्दै वास्तविक चुम्बनको अनुभूति गर्न सकिने डिभाइस निर्माण गरेको छ ।

रिमोट किसिङ डिभाइस नाम दिइएको उक्त उपकरणमा सिलिकोन ओठ, प्रेसर सेन्सर र एक्चुएटरहरू जडान गरिएको जनाइएको छ ।

ग्लोबल टाइम्सको रिपोर्टअनुसार यस डिभाइसले ओठको दबाब, चाल र तापक्रमलाई नक्कल गर्न सक्ने भएको हुँदा प्रयोगकर्ताले वास्तविक चुम्बनको अनुभूति गर्न सक्छन् । यस डिभाइसलाई चीनमा ‘वास्तविक’ शारीरिक घनिष्ठता साझा गर्ने तरिकाको रूपमा विज्ञापन गरिएको छ ।

यो डिभाइस प्रयोग गर्न प्रयोगकर्ताहरूले मोबाइल एप डाउनलोड गर्नुपर्ने हुन्छ । तत्पश्चात चुम्बन पठाउन आफ्नो फोनको चार्जिङ पोर्टमा उपकरण घुसाएर जोडीहरूले भिडियो कन्फरेन्स सुरु गर्न सक्छन् र एपमार्फत आफ्ना साझेदारहरूसँग साझेदारी गरेपछि एकअर्कालाई आफ्नो स्मुचका प्रतिलिपिहरू पठाउन सकिन्छ । उक्त डिभाइसले चीनमा मिश्रित प्रतिक्रिया पाएको छ ।

यस डिभाइसलाई चिनियाँ सामाजिक सञ्जालमा मजाक गरिएको छ । यो अश्लील र तर्साउने किसिमको भएको उनीहरूको टिप्पणी छ । यो डिभाइस ४१ डलरमा उपलब्ध छ । यसलाई उपयोग गर्नका लागि प्रयोगकर्ताले एक यापमार्फत यसलाई फोनको चार्जिङ पोर्टमा जोड्नुपर्छ ।

कुरा गर्ने दुवै प्रयोगकर्तासँग यो याप हुन आवश्यक छ । त्यसपछि उनीहरू भिडियो कलमा कुरा गर्न सक्छन् अनि डिभाइसमा बनेको सिलिकनका ओठहरूलाई चुम्न सक्छन् । एकातर्फ ओठले जस्तो गतिविधि गर्छ, अर्कोतर्फ ओठ त्यसैगरी हल्लिन्छ ।

तपाईको प्रतिक्रिया