पाकिस्तानको तल्लो कोहिस्तानको पट्टन क्षेत्रमा एक घरमा आगलागी हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको पाकिस्तानबाट प्रकाशित ‘द न्यूज इन्टरनेसनल’ पत्रिकाले जनाएको छ।

द न्यूज इन्टरनेसनलका अनुसार शुक्रबार बिहान करिब ४ बजेको समयमा मोहम्मद नवाबको बहुकोठे काठको घर र नजिकैको गोठ जलेर नष्ट भएको थियो।

घटनास्थलमा पुगेका स्थानीयले परिवारका सदस्यलाई उद्धार गरी नजिकैको अस्पतालमा लगेका थिए। अस्पतालमा चिकित्सकले सबैलाई मृत घोषणा गरेका थिए।

घटनाको प्रत्यक्षदर्शी रज्जाक राजाले भने, ‘स्थानीयहरू घटनास्थलमा पुगेका थिए र भग्नावशेषबाट पुरिएका मानिसहरूलाई उद्धार गरी स्वास्थ्य संस्थामा लगेका थिए।’ प्रहरीका अनुसार मोहम्मद नवाबकी श्रीमती छब्बर बीबी, उनका पाँच छोरीहरू र तीन छोराहरूको जलेर मृत्यु भएको थियो।

डढेलोका कारण कैयौँ पशुचौपायाको समेत मृत्यु भएको द न्यूज इन्टरनेसनलले जनाएको छ।

तपाईको प्रतिक्रिया