सुनको भाउले आइतबार (चैत ५ गते)  नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २९ सय रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि सुनको मूल्य माघ १९ गते अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ६ हजार ६ सय रुपैयाँ निर्धारण भएको थियो । आइतबार चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर १३ सय ४५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ १३ सय १० रुपैयाँ कायम रहेको थियो

तपाईको प्रतिक्रिया