नेपाली कांग्रेसका सांसद शेखर कोइरालाले जनतामा चुलिएको चरम निराशा नै राजनीतिक प्रणालीको असफलता भएको बताएका छन् । उनले अहिले देशमा अकल्पिनीय द्वन्द्व देखिएको बताएका छन् । समाजिक, सांस्कृतिक, नैतिक संकट आएको पनि उनले बताए ।

प्रतिनिधि सभा सदंसदकाे बैठकमा विशेष समय लिएर बाेल्दै उनले लोकतान्त्रिक प्रणालीले यसका पात्रबाट नैतिक मूल्यको अपेक्षा गर्ने उनले बताए । नैतिकतामा राजनीति नटिके प्रणाली नै संकटमा पर्ने बताए ।

मल लिन लाइनमा बसेका, राहदानी लिन र वैदेशिक रोजगारीमा जान लाइन लागेका नेपालीको तस्बिरले देशको राजनीतिक असफलतालाई पुष्टि गरेको उनले बताए ।

करतिर्ने र गरिखाने वर्ग सबै निराश भएको उनले बताए । सबै क्षेत्रका सबै नेपाली हतास र निराश हुनु देशको अर्थतन्त्र सिकिस्त रहेको उदाहरण भएको उनले बताए ।

विप्रेषणको माध्यमबाट देशको अर्थतन्त्र दीर्घकालसम्म चलाउन नसकिने भन्दै उनले यसको विकल्प खोज्नुपर्ने बताए । नेपालमा भित्रिने विप्रेषणले विश्व शितयुद्धले असर गर्ने भएकोले अविलम्ब यसको विकल्प खोज्नुपर्ने बताए ।

सरकारले विश्वसाको मत लिन सजिलो भए पनि जोगाउन वा टिकाउन त्यतिनै गाह्रो भएको उनले बताए ।

उनले पूँजीगत नभई चालु खर्च धान्नका लागि पनि ऋण लिनुपर्ने अवस्था आएको बताए । उनले फजुल खर्च घटाउन सबै राजनीतिक दलहरुले सहमति गरेर अघि बढ्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया