क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाली क्रिकेटलाई आगामी दिनमा अझ माथि पुर्याउने गरी टेवा पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

बुधवार सफाइपछि उच्च अदालत, पाटन पुगेका सन्दीपले सो प्रतिबद्धता जनाएका हुन् ।

उनले अदालतको फैसलालाई पहिले पनि सम्मान गरेको र अहिले पनि सम्मान गरेर अगाडि बढ्ने बताए ।

समर्थकहरूलाई धन्यवाद दिँदै उनले भने ‘साढे एक वर्षदेखि नै म आफूलाई निर्दोष छु भनेर भनिराखेको थिए। धेरै नै तरिकाले फसाएर मलाई नभएको अपराधको दोषी करार गरिएको थियो,’

उनले आफ्ना समर्थकहरूलाई धन्यवाद दिए ।

तपाईको प्रतिक्रिया