नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन्। शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले संसदमा भिडन्त नभइ कांग्रेसले उत्ताउलोपन देखाएको बताए ।

आफू बसेको ठाउँमा कांग्रेस सांसदहरु आएर अनेक अपशब्दहरू बोलेको र असभ्य व्यवहार देखाएको उनले बताए। उनले सरकारबाट आफूले हटाइदिएको भन्ने लागेर आफूमाथि कांग्रेस सांसद आक्रोशित देखिएको हुनसक्ने टिप्पणी गरे।

तपाईको प्रतिक्रिया