तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ ।पृथ्वी राजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ स्थित नर्सरीमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा परेर ५२ वर्षीय पौडेलको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।पोखराबाट बेलचौतारातर्फ जाँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि जीपी कोइराला अस्पताल लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार
पार्टी फुटबाट जोगाउन मध्यमार्गी धार रोजें : शेखर कोइराला
मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई फुटको जोखिमबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको स्पष्ट पार...
कांग्रेसबाट मोरङमा को-को उम्मेदवार ? नामावली
बेलबारी । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका सबै क्षेत्रमा उम्मेदवार सार्बजनिक गरेको छ । क्षेत्...
काँग्रेसबाट सुनसरीमा तामाङ, कोईराला,गच्छदार र कार्की उम्मेदवार
सुनसरी । नेपाली काँग्रेसले सुनसरीका चार वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । सुनसरी क्षेत्र नं। १ मा क्षेत्...
आशिका तामाङले पाइन् रास्वपाको टिकट, हिमेश पन्त हटे
आशिका तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने भएकी छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट लिएर चुनाव लड्ने भ...
औंठी लुट्न ८३ वर्षीय इलामे वृद्धको ह,त्या
तीन तोलाको सुनको औठी लुट्न ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या भएको छ । इलाम सुर्योदय घर भएका वयोवृद्ध गर्जमान थापाको हत्य...
सोलुखुम्बुमा बोलेरो दुर्घटना दुई जनाको मृत्यु, सात घाइते
सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका ६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा ...














