मोरङ : लेटाङ ९ जाँते र पथरीशनिश्चरेमा पर्ने राष्ट्रिय वन क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ। माछा मार्न भनेर घरबाट हिंडेका लेटाङ-९ बह्रगोठेका ४५ वर्षिय मनबहादुर इवाहाङ लिम्बूको सोमबारvहात्तीको आक्रमणमा परि ज्यान गएको हो ।
लिम्वू साँझसम्म घर फर्किएर नआएपछि गाउँलेहरु खोज्न जाँदा जाँते र पथरीको सिमानामा पर्ने रास्ट्रीय वन क्षेत्रमा मृत भेटिएका थिए। लिम्वू मृत भेटिएपछि गाउँलेहरुले खबर गरेपश्चात प्रहरी घटनास्थल पुगेको थियो ।
मृतक लिम्बूको शब क्षतविक्षत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि मदन भण्डारी ट्रमा सेन्टर उर्लवारीमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया