सुन्दरहरैचा । मोरङको सुन्दरहरैंचा–१० मा रहेको सुकुना माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयको सकारात्मक पक्ष र विद्यार्थी जीवनमा शैक्षिक गुणस्तर सुधारसँग सम्बन्धित म्युजिक भिडियो बनाएका छन् ।
‘हाम्रो सुकुना राम्रो सुकुना’ शीर्षकको उक्त म्युजिक भिडियो कक्षा १२ सिभिल इन्जिनियरिङतर्फ अध्ययनरत एन्जल मिश्रले लेखेको गीतमा उनकै स्वर छ भने म्युजिक भिडियो पनि उनैले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा विद्यालयकै विद्यार्थीहरू कलाकारका रूपमा प्रस्तुत भएका छन् । कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा हाल ४ हजार ९६ जना विद्यार्थी अध्यानरत छन् ।
भिडियोमार्फत विद्यालयको सकारात्मक पक्षहरू उजागर गर्नुका साथै विद्यार्थीको शैक्षिक जीवनमा गुणस्तर सुधारका विषयहरू समेटिएको छ । विद्यार्थीको प्रयासले विद्यालयको छवि सुधार गर्नुका साथै सिर्जनात्मक गतिविधिमा सहभागी हुन प्रोत्साहित गरेको विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया