विराटनगर : कोशी प्रदेशमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ। झापा र इलाममा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो । शनिबार झापाको कनकाई नगरपालिका-१ का ६६ बर्षीय तारा बहादुर बिश्वकर्माले आफ्नै घरमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका उनलाई उपचारको लागी लैजाने क्रममा बाटोमानै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर =ले जनाएको छ।
यसैगरी इलामको माई नगरपालिका-८ का ४६ बर्षीय मदन कुमार राई घरमा कोही नभएको अवस्थामा मोवायल फोन चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत अवस्थामा फेला परेका थिए । घटना सम्वन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।