रंगेली । मोरङको रंगेलीमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हुलाकी राजमार्गको रंगेली नगरपालिका– ७ संसारीमाई नजिकै विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको बोइलर कुखुराको दाना बोकेको को २ च १३०० नम्बरको पिकअप दुर्घटना भएको हो ।
सडकको डिभाईडरमा ठोक्किएर दुर्घटना हुँदा पिकअप चालक विराटनगर महानगरपालिका– ८ का ४५ वर्षीय चेतराज खनालको मृत्यु भएको हो । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो ।
पिकअपमा सवार सोही स्थानका २३ वर्षीय राम राजबंशी, २१ वर्षीय छत्र पराजुली, ३२ वर्षीय दिपेश पौडेलको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ । तिव्रगतिका कारण दुर्घटना भएकाे प्रहरीले बताएकाे छ ।

तपाईको प्रतिक्रिया