सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जको अवस्था सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगेको छ । ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि परिस्थिति निक्कै असामान्य र जटिल बनेको हो ।
आइतबार रातिको हिंसात्मक झडपपछि लगाइएको कर्फ्यु सोमबार बिहानैदेखि प्रभावहीन बन्दै गएको थियो । कर्फ्यु आदेशको उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएको भिडले स्थानीयका पसलमा तोडफोड र आगजनी सुरु गरेपछि कप्तानगन्जको अवस्था नियन्त्रणबाहिर पुगेको छ । भिडलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिने प्रयास गरे पनि सम्भव भइरहेको छैन । भिडले स्थानीयका पसलहरु तोडफोड गर्न थालेका छन् ।
सोमबार बिहान करिब १० बजेदेखि कर्फ्यु आदेशलाई चुनौती दिँदै चारदेखि पाँच सय जनाको समूह सडकमा उत्रिएको थियो । प्रदर्शनकारीले कप्तानगन्ज चोकमा टायर बालेर नाराबाजी गर्नुका साथै स्थानीयका पाँचवटा पसलमा तोडफोड गरेका छन् । एउटा फार्मेसी, एउटा मोटरसाइकल मर्मत गर्ने ग्यारेज र तीनवटा किराना पसलमा तोडफोड भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया