उर्लाबारी। मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित कोइली सामुदायिक वनबाट प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ।
बुधबार बिहान करिब ११ः४५ बजे वन क्षेत्रमा चोरी निकासी हुने गरेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा शंकास्पद व्यक्तिहरू प्रहरीलाई देख्नासाथ प्लास्टिकको बोरा छाडेर फरार भएका थिए।
प्रहरीले उक्त बोरा खोली जाँच गर्दा भित्र लुकाइछिपाइ राखिएको दुई थान भरुवा बन्दुक तथा ती बन्दुकमा प्रयोग हुने गोलीजस्तो देखिने दुई थान फलामका टुक्रा फेला पारी बरामद गरेको जनाएको छ।बरामद भएका हतियार इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ। फरार व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

तपाईको प्रतिक्रिया