विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङको विराटनगरस्थित ऐतिहासिक कोइराला निवास मर्मतका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट अस्वीकार गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई पत्र लेख्दै उनले राज्यको सीमित स्रोत र साधन अभाव तथा कष्टमा रहेका नागरिकको उत्थानमा खर्च हुनुपर्ने भन्दै उक्त रकम नैतिक रूपमा स्वीकार गर्न नसकिने बताए।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्मघर मर्मतका लागि २ करोड रुपैयाँ बजेट छुट्याएको थियो। सो कार्यका लागि सरकारप्रति आभार प्रकट गर्दै डा. कोइरालाले विद्यमान परिस्थितिमा रकम फिर्ता गर्ने निर्णय लिएका हुन्।























