जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोला
राजधानीको मध्यभाग नारायणहिटी पुतलीसडक हुँदै भृकुटीमण्डप हुँदै बग्ने ऐतिहासिक टुकुचा खोला फेला परेको छ । बढ्दो सहरीकरणका कारण टुकुचा लापत्तै थियो । काठमाडौं महानगरपालिकाले अभियानै चलाएर बिहीबार जय नेपाल हल प्रांगणमा उत्खनन् क्रममा टुकुचा फेला पारेको हो ।
महानगरले गत १२ साउनमा ३५ दिने सूचना जारी गरेर ‘टुकुचा अतिक्रमण हटाउन’ निर्देशन दिएको थियो । सूचनाअनुसार ‘कसैले पनि संरचना नहटाएपछि महानगर आफैं ...











