क्यान्सर भएका पचास प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर

क्यान्सर भएका पचास प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर
चितवनस्थित बिपी कोइराला मोमोरियल क्यान्सर अस्पतालमा कार्यरत बाल क्यान्सर रोग विशेषज्ञ कृष्णसागर पौडेलले नेपालमा क्यान्सर भएका बालबालिका मध्ये पचास प्रतिशतभन्दा बढी अस्पतालको पहुँच बाहिर रहेका जानकारी दिएका छन्। उनले भने, “नेपालमा वर्षेनी  करिब एक हजार पाँच सयजना बालबालिकालाई क्यान्सर हुने गरेको अनुमान छ । यसमध्ये अस्पतालको पहुँचमा आधा मात्र आउँदछन् ।  अस्पताल आउनेमध्ये बिपी कोइराला अर्बुद अस्पतालम...

प्रहरी कर्मचारीका लागि नि:शुल्क स्वास्थ्य शिविर

प्रहरी कर्मचारीका लागि नि:शुल्क स्वास्थ्य शिविर
नेपाल प्रहरी श्रीमती सङ्घले बिहीबार रुपन्देहीमा कार्यरत प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही र यस मातहत रहेका प्रहरीका विभिन्न युनिटमा कार्यरत प्रहरी कर्मचारीलाई लक्षित गरी सामान्य चिकित्सा, स्त्री रोग, नाक, कान, घाँटी तथा दन्तरोगसम्बन्धी सेवा प्रदान गरिइएको थियो। प्रहरी कर्मचारीले आफ्नो पेसागत कामकै कारण स्वास्थ्य संस्थामा ...

टंकीसिनुवारीको विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर दिवसको अवसरमा विविध कार्यक्रम गर्ने

टंकीसिनुवारीको विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर दिवसको अवसरमा विविध कार्यक्रम गर्ने
मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर दिवसको अवसरमा विविध कार्यक्रम गर्ने जनाएको छ । यही माघ २१ गते आईतबारका दिन विश्व क्यान्सर दिवसको अवसरमा १५ वटा भन्दा बढी जनचेतनामुलक ‘आशा क्लोज द केयर ग्याप’ कार्यक्रम गर्ने जनाएको हो । विराट क्यान्सर इन्स्टिच्युटले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी विश्व क्यान्सर दिवसका अ...

खाँदा तीतो हुने करेला स्वास्थ्यका लागि यति लाभदायक

खाँदा तीतो हुने करेला स्वास्थ्यका लागि यति लाभदायक
खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अतिलाभदायक छ। करेलाका केही फाइदा यस्ता छन्ः   – शरीरमा कफ जम्मा भएमा करेला  खानुपर्छ। करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्‍याउँछ। – करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ। – करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ। – दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खान...

कुष्ठरोगबारे जानै पर्ने कुराहरु

कुष्ठरोगबारे जानै पर्ने कुराहरु
 १. कुष्ठरोग भनेको के हो ? कुष्ठरोग (Mycobacterium Leprae) नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको कम सर्ने रोग हो । यो रोगका किटाणुहरु विस्तारै फैलिन्छन्। यो रोगको सरायु अवधि (Incubation Period) २ देखि ५ वर्ष रहेको छ । यस रोगका किटाणुले खास गरेर छाला र स्नायुमा असर गर्दछ । २. कुष्ठरोग कसरी सर्छ ? उपचार नगरेको कुष्ठरोग विरामीसंग लामो समय (हप्तामा २० घण्टा भन्दा बढि समय) सम्म सम्पर्कमा आउन...

महिलाहरूमा हुने क्यान्सर के-के हुन् ? रोकथाम र व्यवस्थापन कसरी गर्ने ?

महिलाहरूमा हुने क्यान्सर के-के हुन् ? रोकथाम र व्यवस्थापन कसरी गर्ने ?
महिलाहरूमा हुने क्यान्सर के के हुन्? -स्तन, पाठेघरको मुख र आङ, फोक्सो र ग्याष्ट्रोइन्टेस्टाइनलको क्यान्सर प्रायःजसो महिलाहरूमा हुने क्यान्सरहरू हुन्। यी क्यान्सरहरूको जोखिम बढ्दो उमेरसँगै बढ्दछ। जो व्यक्तिको परिवारका सदस्यमध्ये कसैलाई स्तन क्यान्सर वा अन्य अङ्गको क्यान्सर भएको इतिहास छ, त्यस्ता व्यक्तिहरूलाई यो रोग लाग्न सक्ने सम्भावना बढी हुन्छ। त्यसैले त्यस्ता व्यक्तिहरूले नियमित ज...

जाडोमा छालाको समस्याबाट कसरी जोगिने?

जाडोमा छालाको समस्याबाट कसरी जोगिने?
जाडोमा छालाको आद्रता (मोइस्चर)मा कमी हुने गर्छ। त्यसैले प्रायः मानिसमा छाला सुख्खा हुने समस्या हुन्छ। जाडोमा छाला सुख्खा हुनुमा शरीरको तापक्रम र वातावरणको तापक्रमसँग अन्तर सम्बन्धित हुन्छ। शरीरको तापक्रमभन्दा वातावरणको तापक्रम कम भएमा शरीर उक्त तापक्रमसँग समायोजित हुन खोज्छ। शरीरभित्र रहेको तापलाई बाहिर फाल्न थाल्छ। त्यसले तापसँगै शरीरमा पानीको मात्रा घट्न थाल्छ र छाला सुख्खा हुन्छ। छालामा आएको...

दाँत स्वस्थ राख्न के गर्ने ?

दाँत स्वस्थ राख्न के गर्ने ?
दाँतले मानिसको स्वास्थ्य र सुन्दरतामा महत्वपूर्ण प्रभाव पारिरहेको हुन्छ । दाँतमा ग्याप हुने, किरा लाग्ने, गिजासम्बन्धी रोग, खराब सासलगायत विभिन्न समस्या देखिन्छन् । दाँत राम्रो हुँदा मुख राम्रो देखिन्छ । आत्मविश्वास, राम्रो पाचन प्रणाली र समग्र व्यक्तित्वका लागि दाँत स्वस्थ राख्न जरुरी छ । भिटामिन, मिनरल्स र पोषणयुक्त आहारले समग्र शरीर र दाँतलाई पनि स्वस्थ राख्छ । के खाने ?   हरियो स...

तील : आँखा र दिमाखका लागि लाभदायक

तील : आँखा र दिमाखका लागि लाभदायक
एजेन्सी ।  स्वास्थ्य कायम राख्नका लागि तिलको ठूलो महत्व छ। तिलमा पाइने  पौष्टिक तत्वले शरीरलाई चुस्तदुरुस्त राख्न मद्दत गर्छ ।तिलमा पाइने लेसिथिन दिमाग र आँखाका लागि लाभदायक हुन्छ। तिलमा पाइने सेसामोल नामक तत्वले डिएनएलाई परावैजनी किरणजन्य हानिबाट जोगाउँछ।तिलका गेडामा फाइबर हुन्छन् जसले स्वस्थ पाचन प्रणाली बनाउनका लागि मद्दत गर्छन्। तिलको नियमित सेवनले कब्जियत हुन दिँदैन । तिलका गेडामा पाइने...

खाली पेटमा नखानुस् यी खानेकुरा

खाली पेटमा नखानुस् यी खानेकुरा
स्वस्थकर खानेकुरा खाँदैमा स्वस्थ भइन्छ भन्ने हुँदैन । यसका लागि खानपानको तरिका तथा समय मिलाउनु पनि जरुरी हुन्छ । अन्यथा स्वस्थकर खानेकुराले पनि नोक्सान पुर्‍याउँछ । जानकारहरूका अनुसार यी खानेकुरा खाली पेट खानुहुँदैन । दहीः  पेटका लागि निकै उपयोगी खानेकुरा हो । गर्मी मौसममा त यो निकै फाइदाजनक हुन्छ । खाली पेट दही खायो भने यसको पौष्टिक तत्व शरीरले पाउँदैन । एसिडिटी उत्पन्न हुन...