साबुनको डब्बामा हेरोइन, विराटनगरबाट तीन युवक पक्राउ
विराटनगर । विराटनगरमा साबुन राख्ने डब्बाभित्र लुकाएर राखिएको १०१ ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) प्रहरीले बरामद गरेको छ । भारतीय नागरिकसहित तीन जना युवक पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–११ मा भाडाको कोठामा बस्दै आएका उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा भ...










