बाटोमै लुटिन्छन् भारतबाट फर्किने नेपालीहरु

बाटोमै लुटिन्छन् भारतबाट फर्किने नेपालीहरु
बेरोेजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन् । वर्ष दिन रगत–पसिना बगाउँछन् । त्यसकै कमाइ बोकेर दसैं, तिहारलगायत चाडबाड मनाउन घर फर्किंदा बाटोमा लुटिन्छन् । कतिपय त सबै लुटिएर रित्तो हात फर्किनु पर्छ । डोटीको केआई सिंह गाउँपालिका–४ चंगेसेनका प्रताप विकले भारतको पञ्जाबबाट दीपायलसम्मको गाडी भाडा ३ हजार ६ सय ८० तिरे। ‘बाटोमा सामान झार्न, चढाउन समस्या हुन्छ भनेर यति महँगो रकम ...

खोप लक्ष्य पूरा नहुने संकेत

खोप लक्ष्य पूरा नहुने संकेत
सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप उपलब्ध गराउने लक्ष्य राखेको भए पनि त्यो पूरा गर्न कठिन हुने देखिएको छ। हाल दैनिक उपलब्ध गराइएको खोपको सरदर डोज अनुपातले तोकिएको समयमा लक्षित जनसंख्यालाई लगाउन नसकिने देखिएको हो। नेपालमा १८ वर्ष उमेरमाथिको १ करोड ९९ लाख जनसंख्या खोप लगाउन योग्य मानिएको छ। शनिबारसम्मको तथ्यांकका आधारमा ७५ हजार २४० को हाराहारी...

सोमबार खुल्दै इजरायलको चिट्ठा

सोमबार खुल्दै इजरायलको चिट्ठा
इजरायलमा सुसारे (केयरगिभर) कामका लागि जान भाषा परीक्षा उत्तीर्ण गरेर प्रतीक्षामा रहेकाहरूको अन्तिम परिणाम आउँदो सोमबार सार्वजनिक गरिने भएको छ । वैदेशिक रोजगार विभागबाट लिइएको अन्तर्वार्ताबाट छनोट भई इजरायल सरकारका तर्फबाट छनोटको प्रतीक्षामा रहेकाहरूको प्रतीक्षाको समय सोमबार सकिने भएको हो । नेपाली समयअनुसार सोमबार दिउँसो साढे १२ बजे इजरायलको जेरुसेलममा सम्बन्धित निकायका प्रमुखहरूको उपस्थितिम...

खोपको पूर्ण मात्रा लगाएकाहरुमा कोरोनाविरुद्धको प्रतिरोधात्मक क्षमता बढी

खोपको पूर्ण मात्रा लगाएकाहरुमा कोरोनाविरुद्धको प्रतिरोधात्मक क्षमता बढी
नेपालमा खोपको प्रभावकारितासम्बन्धी गरिएको एक अध्ययनले खोप लगाएकाहरूमा कोभिड–१९ विरुद्धको प्रतिरोधात्मक क्षमताको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ। शुक्रबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तथ्यांक सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार दुवै डोज खोप लगाएकाहरूमा एन्टिबडी ८२ प्रतिशत छ भने पहिलो डोज लगाएकाहरूमा ५५ प्रतिशतमा एन्टिबडी पाइएको छ। गत जेठ १७ देखि असार २५ को अवधिभित्र रगतको नमुना संकलन गर...

भारतबाट छिट्टै खोप आउने

भारतबाट छिट्टै खोप आउने
नेपालले भारतसँग खरिद गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोपको थप १० लाख मात्रा केही समयमै प्राप्त हुने भएको छ । भारतमा कोरोना महामारी फैलिएपछि गत अप्रिल महिनादेखि नै अन्य देशमा खोप निर्यात रोकेको थियो । भारत सरकारले खोप निर्यातमा लागेको प्रतिबन्ध अक्टोबरबाट हट्ने जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कोभिसिल्ड खोप आउने मिति नतोकिए पनि खोप आउने पक्का भएको ज...

ओली र दाहाललाई चुनावी चटारो : एक अर्का विरुद्ध विष बमन

ओली र दाहाललाई चुनावी चटारो : एक अर्का विरुद्ध विष बमन
प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह र त्यसपछि हुने संघीय संसद् तथा प्रदेशसभा चुनावलाई लक्षित गर्दै दुवै दलका नेताले कार्यकर्तालाई तयारी थाल्न निर्देशन दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार फरकफरक स्थानमा दिएका अभिव्यक्तिले यी दुवै दल नि...

वायु प्रदूषण जाँच्न नयाँ मापदण्ड, दबाबमा नेपाल

वायु प्रदूषण जाँच्न नयाँ मापदण्ड, दबाबमा नेपाल
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मानव स्वास्थ्यका लागि प्रतिकूल मानिने वायुमण्डलमा रहेका अति सूक्ष्म कण मापनसम्बन्धी मापदण्ड १५ वर्षपछि पुनरवलोकन गरेपछि प्रदूषित राष्ट्रको सूचीमा अगाडि रहेको नेपाललाई राष्ट्रिय मापदण्ड घटाउन दबाब परेको छ। ब्लुएचओको बुधबार सार्वजनिक गरेको नयाँ मापदण्डमा यसअघि सुरक्षित मानिएका वायु प्रदूषणका विभिन्न मानकलाई उल्लेख्य रूपमा घटाइएको छ। डब्लुएचओले सन् २००५ मा निर्ध...

डेढ वर्षपछि पर्यटकका लागि नेपाल खुला

डेढ वर्षपछि पर्यटकका लागि नेपाल खुला
सरकारले डेढ वर्षपछि पर्यटकका लागि नेपाल भ्रमण खुला गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि २०७६ फागुनदेखि सरकारले अनअराइभल भिसा दिन रोक लगाएको थियो । यो निर्णयलाई संशोधन गर्दै सरकारले अनअराइभल भिसा खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश’ बिहीवार सार्वजनिक गर्दै अनअ...

पौडेलले देउवालाई साेधे- हाम्रो भागमा कति मन्त्री ?

पौडेलले देउवालाई साेधे- हाम्रो भागमा कति मन्त्री ?
सत्ताधारी दल नेपाली कांग्रेसको बुधबार सिंहदरबारमा बसेको पदाधिकारी बैठकमा वरिष्ठ नेता पौडेलले सभापति शेरबहादुर देउवामाथि आक्रोश पोख्नुभएको छ । मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ भइरहेको विषयमा कुरा राख्दा अरू दलहरुलाई मिलाउँदा ढिलाइ भएको भन्दै प्रधानमन्त्री देउवा पन्छिने गरेको आरोप लगाउँदै नेता पौडेलले पदाधिकारी बैठकमा सभापति देउवासँग ‘कांग्रेसबाट आफ्नो गुटको चार मन्त्री नियुक्त गरेपछि हाम्रो भागम...

श्रमिकलाई कोरिया पठाउने तयारी

श्रमिकलाई कोरिया पठाउने तयारी
सरकारले कोरोना महामारीका कारण दक्षिण कोरिया जान नपाएका श्रमिकलाई पठाउने तयारी गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखा र कोरियाको मानव संसाधन विकास बोर्ड (एचआरडी) तोकेको मापदण्डअनुसार नै श्रमिक पठाउने गरी तयारी भएको हो । मापदण्डअनुसार नेपालबाट जाने श्रमिकको कोभिड बीमा हुनुपर्ने, सीधा हवाई उडान हुनुपर्ने र १४ दिन होटल क्वारेन्टाइनको खर्च श्रमिक स्वयंले बेहोर्नु पर्नेछ । दक्षिण कोरिया ...