माधव नेपालको पक्षमा रहँदै आएका ५७ जना एमाले एकताकै पक्षमा

माधव नेपालको पक्षमा रहँदै आएका ५७ जना एमाले एकताकै पक्षमा
काठमान्डाैं / विगतमा माधवकुमार नेपालको पक्षमा रहँदै आएका ५७ जना एमाले एकताकै पक्षमा उभिएका छन्। उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत नेताले पार्टी एकताको प्रयत्न जारी राख्ने भएका छन्। ५७ केन्द्रीय सदस्य र सांसदको भेलाले १० बुँदे सहमति तत्काल कार्या...

त्रिविको सम्बन्धन प्राप्त क्याम्पस संख्या घट्दै

त्रिविको सम्बन्धन प्राप्त क्याम्पस संख्या घट्दै
काठमान्डाैं / त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस संख्या घटेको छ । यसअघि त्रिविको सम्बन्धन प्राप्त क्याम्पसको संख्या १ हजार ८५ रहेकोमा हाल घटेर १ हजार ६० मा झरेको छ । त्रिविको सम्बन्धन प्राप्त २५ सामुदायिक क्याम्पसमध्ये १५ वटा सुदूरपश्चिम र १० वटा मध्यपश्चिम विश्वविद्यालयमा गाभिएपछि त्रिविसँग सम्बन्धन लिने क्याम्पसको संख्या घटेको हो । करिब ८० प्रतिशत विद्यार्थी ओगटेको त्रिविले सम...

नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार नाघ्यो, मृतकको संख्या बढ्दै

नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार नाघ्यो, मृतकको संख्या बढ्दै
काठमान्डाैं / नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पछिल्लो समय नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३३८ पुगेको बताए । यसअघि मन्त्रालयले सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेपछि अस्पतालमा उपचार गर्न बेड पाउन कठिन हुने र सङ्क्रमितको सङ्ख्या झनै बढ्ने आकलन गर्दै पूर्ण रूपमा लकडाउन गर्न स...

सार्क मुलुकमध्ये नेपालमा उच्च सङ्क्रमण

सार्क मुलुकमध्ये नेपालमा उच्च सङ्क्रमण
सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन । कोरोना भाइरसको पहिलो र दोस्रो लहर चलेको समयमा अघिल्ला वर्षहरूमा भारतबाट आवत–जावतका क्रम तीव्र हुँदा मात्र नेपालमा सङ्क्रमणको दरमा बढोत्तरी भएको थियो । तेस्रो लहरको सुरुवाती चरणमा भारतबाट त्यसरी आवतजावत भए...

कुलमानको पुनरागमनले जलस्रोतको शेयर बजार उकालो लाग्ला ?

कुलमानको पुनरागमनले जलस्रोतको शेयर बजार उकालो लाग्ला ?
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङ दोस्रो कार्यकालमा प्रवेश गरेसँगै शेयर बजारका लगानीकर्ताहरु उत्साहित भएका छन् । उनको पुनरागमनले जलस्रोत कम्पनीहरुमा थप सुधार हुने र शेयर कारोबारमा सकारात्मक प्रभाव पार्ने भएकाले उत्साहित भएका हुन् । शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल कुलमानको आगमनले आम लगानीकर्ता उत्साही भएको बताउँछन् । उनको पुनरआगमनले तत्कालै बजार...

१२ देखि १७ वर्ष उमेरका लागि मोर्डनाको ४० लाख खोप आउँदै

१२ देखि १७ वर्ष उमेरका लागि मोर्डनाको ४० लाख खोप आउँदै
मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको बताएका छन् । उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई लगाइने सरकारले जनाइसकेको छ । विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत ...

ड्राइभिङ लाइसेन्स परीक्षाको पर्खाइमा लाखौं सेवाग्राही

ड्राइभिङ लाइसेन्स परीक्षाको पर्खाइमा लाखौं सेवाग्राही
सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि लाखौं मानिस पर्खाइमा रहेको पाइएको छ । कोभिड–१९ को नियन्त्रणका लागि सरकारले गत वर्षदेखि गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण लामो समयदेखि सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुन सकेको छैन । सरकारले गत वर्षको लकडाउन अन्त्यपछि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारामसमेत खुलाएको थियो । अनलाइन फाराम भर्ने लाखौं सेवाग्राहीले परीक्षा दिन भने पाएक...

कुखुराको उत्पादन घट्दा मासुको मूल्य बढ्यो

कुखुराको उत्पादन घट्दा मासुको मूल्य बढ्यो
कुखुराको उत्पादन घट्दा मासुको मूल्य बढेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका साथै कुखुरामा देखिएका रानिखेतलगायतका रोग र पछिल्लो समय लगातारको वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोको प्रकोपले गर्दा कुखुरा उत्पादनमा असर पर्न गई मासुको मूल्य बढेको हो । कारोना महामारीका कारण उत्पादन भएका कुखुरा नबिक्ला कि भन्ने डरले अहिले कतिपय किसानले खोर खाली नै र...

सर्वोच्चको फैसला अघि एमाले विवाद टुङ्गिने नेताहरुको विश्वास

सर्वोच्चको फैसला अघि एमाले विवाद टुङ्गिने नेताहरुको विश्वास
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुले सर्वोच्चको फैसला आउनुअघि पार्टी एकताको मिलनविन्दु पहिल्याइने बताएका छन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा अहिले सर्वोच्च अदलतमा रिट निवेदक तर्फका कानून व्यवसायीले बहस गरिरहेका छन् । आइतबार सो पक्षका बहस टुङ्गिनेछ । रिट निवेदक पक्षका कानुन व्यवसायीहरुको बहस सकिएपछि प्रतिवादी सरकार पक्षका कानुन व्य...

माथिल्लो तामाकोशीबाट असारभित्रै १५२ मेगावाट बिजुली बल्ने

माथिल्लो तामाकोशीबाट असारभित्रै १५२ मेगावाट बिजुली बल्ने
बहुप्रतीक्षित राष्ट्रीय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले यही असार मसान्तभित्रै १५२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । असार मसान्तभित्रै आयोजनाका दुई युनिटबाट बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी अन्तिम चरणमा पुगेको हो । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार पहिलो चरणमा पहिलो युनिटको परीक्षण सम्पन्न भइसकेको छ । यस्तै हाल दोस्रो युनिटको पनि परीक्षणक...