राष्ट्रपति र मविरुद्ध षड्यन्त्र भयो : ओली

राष्ट्रपति र मविरुद्ध षड्यन्त्र भयो : ओली
नेकपाभित्र शक्ति संघर्ष चुलिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्र भइरहेको भन्दै जुनसुकै कदम चाल्ने अवस्था आउन सक्ने भएकाले आ–आफ्नो कित्ता क्लियर गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर फर्केपछि साँझ ७ बजे उनले पार्टीभित्रैबाटै राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई हटाउने षड्यन्त्र भइरहेको मन्त्रीहरूलाई बताए । ‘तपाईंहरूले...

सहमतिको मिलनबिन्दु खोज्दै अध्यक्षद्वय, नेकपामा संकटमोचनको प्रयास

सहमतिको मिलनबिन्दु खोज्दै अध्यक्षद्वय, नेकपामा संकटमोचनको प्रयास
सत्तारूढ नेकपामा जारी संकट समाधान गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार भएको छलफलले दुईबीचको आपसी तिक्तता हटाएको नेताहरूले बताएका छन् । छलफलले ठोस निकास निकाल्न नसके पनि दुवै अध्यक्ष सहमतिको मिलनबिन्दुको खोजी गर्न सहमत भएका छन् । यद्यपि, शुक्रबारको बैठकमा दुवै जना आआफ्नो अडानबाट टसमस भएनन् । सहमतिको मिलनबिन्दु खोज्नकै लागि शनिबार पुनः दुई अध्य...

इन्जिनियरको कमाइ ५ करोड रुपियाँ, घरजग्गादेखि सेयर बजारमा लगानी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले दायर गरेको अभियोगपत्रमा आचार्यले सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि २०७६ जेठ मसान्तसम्म ५ करोड २९ लाख ४२ हजार ४ सय ६६ रुपैयाँ आम्दानीमध्ये ...

कर नबुझाएका उद्योग–व्यवसायको अध्ययन गरिँदै

कर नबुझाएका उद्योग–व्यवसायको अध्ययन गरिँदै
आन्तरिक राजस्व कार्यालय विराटनगरले बन्दाबन्दीमा उद्योग–व्यवसाय सञ्चालन गर्ने तर समयमै कर दाखिला नगर्ने उद्योगी–व्यवसायीको सूक्ष्म अध्ययन सुरु गरेको छ ।बन्दाबन्दीको समयमा सरकारी निकायमा जानकारी गराएर उद्योग–व्यवसाय सञ्चालन गर्ने त्यस्ता उद्योग तथा व्यवसायले समयमै कर बुझाए वा नबुझाएको अध्ययन गरिने भएको हो । हामीलाई उद्योग–व्यवसाय सञ्चालन छन् वा छैनन् भन्ने कुरा सबैले जानकारी दिइरहनुपर्ने छैन, आन्...

चीनले बाेल्याे : नेपाल र चीनबीच कुनै सीमा विवाद छैन

चीनले बाेल्याे : नेपाल र चीनबीच कुनै सीमा विवाद छैन
नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्दै दुई देशबीच सीमा विवाद नरहेको बताएका छन् । गोरखापत्र र यसको सहप्रकाशन द राइजिङ नेपाललाई दिएको विशेष अन्तर्वार्तामा राजदूत होउले कालापानी नेपाल र भारतबीचको विषय भएको र वर्तमान विषम परिस्थितिमा भइरहेको विवादलाई दुवै पक्षले सौहार्दपूर्ण संवाद तथा आपसी सहमतिका आधारमा टुङ्ग्याउने विश्वास व...

पेट्रोलियम पाइप लाइन, सर्भे अन्तिम चरणमा

पेट्रोलियम पाइप लाइन, सर्भे अन्तिम चरणमा
नेपाल आयल निगमले अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइप लाइनका लागि आवश्यक जग्गाको सर्वेक्षण अन्तिम चरणमा पु¥याएको छ । गत आर्थिक वर्षमा निगमले पाइप लाइनको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरेको थियो भने अहिले जग्गाको सर्भे अन्तिम चरणमा पु¥याएको छ । निगमका निर्देशक वीरेन्द्र गोइतका अनुसार हाल पाइप लाइन तथा भण्डारण निर्माणको जग्गाको पूर्ण सर्भे भइरहेको छ । जग्गा सर्भेको नक्सा तयार भएपछि भार...

ओली–प्रचण्ड विवाद: अन्य विकल्पबाट समस्याको समाधान खोजिँदै

ओली–प्रचण्ड विवाद: अन्य विकल्पबाट समस्याको समाधान खोजिँदै
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पद छोड्न माग गरेपछि प्रमले राजीनामा गर्लान् कि नगर्लान् भन्ने अहिले चासोको विषय बनेको छ । बुधबार बसेको जारी स्थायी कमिटी बैठकमा पाँच जना नेताले आ–आफ्नो धारणा राखेसँगै बैठक स्थगित भएको थियो । नेकपाभित्र विशेष गरी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच लेनदेनमा कुरा मिल्न न...

प्रधानमन्त्री ओलीले थाले राजनीतिक परामर्श

प्रधानमन्त्री ओलीले थाले राजनीतिक परामर्श
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकता र पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर स्थायी कमिटी सदस्यहरूसँग परामर्श थालेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका ओलीले सत्तारूढ पार्टीको आन्तरिक एकता, जारी स्थायी कमिटी बैठकका ‘एजेन्डा’ र समसामयिक विषयमा बुधबार बिहान छलफल गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीका सदस्यहरूसँग सामूहिक रूपमा छलफल र सुझाव ल...

चीनतर्फ पनि ७ जिल्लामा सीमा अतिक्रमण

चीनतर्फ पनि ७ जिल्लामा सीमा अतिक्रमण
काठमाडौं । नेपालको उत्तरी छिमेकी चीनसित वर्षौंदेखि रहेको सीमा अतिक्रमणसम्बन्धी विवाद सुल्झन सकेको छैन । सरकारी अधिकारीहरूका अनुसार ५ हिमाली जिल्लाको करिब १ हजार ४ सय ५६ रोपनी तथा गोरखा र दार्चुलाका एक–एक नेपाली गाउँ चीनले अतिक्रमण गरेको छ । संवैधानिक तथा सरकारी निकायका प्रतिवेदनले दोलखाको उत्तरी भेगको ९९ रोपनी तथा हुम्ला, सिन्धुपाल्चोक, संखुवासभा र रसुवाको ६४ हेक्टर (१२५७.६० रोपनी) नेपाली भूभाग...

उद्योग क्षेत्र चुनौती खेप्दै लय समाउने प्रयासमा

उद्योग क्षेत्र चुनौती खेप्दै लय समाउने प्रयासमा
सावधानीका उपाय अपनाउँदै उद्योग व्यवसाय सञ्चालन गर्न सकिने गरी बन्दाबन्दी खुकुलो बनाएपछि उद्योग क्षेत्र आफ्नो चुनौती खेप्दै लय समाउने प्रयासमा जुटेको छ । असार १ देखि बन्दाबन्दीको स्वरूप परिवर्तन गरिएपछि कोरोना सङ्क्रमण जोखिमका कारण करिब दुई महिना बन्द रहेका उद्योग श्रमिक जुटाउने, जोखिम सुरक्षा अपनाउने लगायतका गतिवधि बढाउँदै लगेका छन् । कतिपय उद्योग भने अझै अनुकूल समयको प्रतीक्षामा छन् । नेपाल उ...