१५ किलो सुन कसरी भयो चाँदी ?

१५ किलो सुन कसरी भयो चाँदी ?
काठमाडौं । प्रहरीले कमलादीमा सुरक्षा जाँच गरिरहेको थियो। त्यही बेला बा.६च ५५१९ नम्बरको सेतो रङको स्कर्पियो प्रहरीले रोक्न खोज्यो। तर गति बढाएर गाडी भाग्यो। प्रहरीले पिछा गर्‍यो। त्यसको सुइँको पाएपछि कपडाको झोला फ्याँकेर गाडी भागेको प्रहरीले जनाएको थियो। यो घटना गत मंगलबारको हो। तत्काल काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पत्रकार सम्मेलन गरी १५ किलो सुनसहित हतियार फेला पारेको जानकारी...

अचाक्ली महँगी, सरकारी निकाय मूकदर्शक

अचाक्ली महँगी, सरकारी निकाय मूकदर्शक
काठमाडौं । पछिल्लो समय व्यापारीले विभिन्न बहानामा तरकारी तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढाउँदा पनि सरकारी निकाय मौन देखिएका छन् । बिचौलियाहरू हावी भएर तरकारी तथा अन्य उपभोग्य वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा वृद्धि गरेर कालोबजारी हँुदासमेत सरकारी निकायले सशक्त रूपमा अनुगमन गर्न सकेको छैन । महँगी नियन्त्रण हुन नसक्दा वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतको वाणिज्य विभागको भूमिकाम...

माथिल्लो कौवा क्षेत्रसम्मै हस्तक्षेप बढाउँदै भारत

माथिल्लो कौवा क्षेत्रसम्मै हस्तक्षेप बढाउँदै भारत
दार्चुला, १६ साउन । व्यासको छांगरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएपछि आफ्नो भूमि कालापानी हेर्न सशस्त्र प्रहरीको एक टोली त्यहाँ प्रस्थान ग-यो । बिओपीको नेतृत्व सम्हालेका छन्, सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दले । बिओपी स्थापना भएको केही समयपछि सोही टोली आफ्नो भूमिको नक्सा र त्यहाँको अवस्था बुझ्न कालापानी हिँड्यो । तर, कालापानीतर्फ गएको सशस्त्र प्रहरीलाई माथिल्ल...

निर्देशिकाविपरीत स्टार र केएमसीलाई स्वाब संकलनको अख्तियारी

निर्देशिकाविपरीत स्टार र केएमसीलाई स्वाब संकलनको अख्तियारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै निर्देशिकाविपरीत निजी अस्पताललाई नमुना संकलन गरेर कोरोना परीक्षण गर्ने अख्तियार दिएको पाइएको छ । २८ असारमा बसेको बैठकले निर्देशिकाविपरीत ललितपुरस्थित स्टार हस्पिटल र काठमाडौं मेडिकल कलेजलाई आफैं स्वाब संकलन गरेर कोभिड–१९ परीक्षण गर्ने अनुमति दिएको पाइएको हो । स्टार र केएमसी अस्पताललाई त्यहाँ आएका बिरामीका साथै विदेश जाँदा कोरोना परीक्षणको रिपोर्ट चाहिने व्य...

अबदेखि कर्मचारीले घुस खाँदा कार्यालय प्रमुखमाथि पनि भ्रष्टाचार मुद्दा

अबदेखि कर्मचारीले घुस खाँदा कार्यालय प्रमुखमाथि पनि भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख गोविन्द अधिकारीसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । कर्मचारीले घुस लिए कार्यालय प्रमुखलाई पनि जिम्मेवार बनाउने उद्देश्यसहित अख्तियारले पहिलोपटक विशेष अदालतमा प्रमुखको पनि संलग्नता देखिएको भन्दै मुद्दा दर्ता गरेको हो । मालपोतका कर्मचारीले जग्गाको कित्ताकाट गर्न आदेश गराइदिएबापत सेवाग्राहीसँग घुस माग...

‘बर्थ-डे’ पछि उज्यालो हुन पाएन

‘बर्थ-डे’ पछि उज्यालो हुन पाएन
पोखरा सराङकोटकी पिंकी थापा मगरले गते र बार एकै दिन परेपछि बिहीबार पहिलोपल्ट आफ्नो जन्मदिन मनाउने सुर कसिन् । बुबाआमाले आफन्त र छरछिमेकलाई बोलाए । खुसी मनाए । २१ पुगेर २२ टेकेकी पिंकीको खुसी आधी रातमा खोसियो । घरमाथिबाट पहिरो खस्यो । जन्मदिनको उत्सवमा जुटेका पाँच जनाले तत्कालै ज्यान गुमाए । पिंकीले ५० वर्षीय बुबा टंकबहादुर र ४५ वर्षीया आमा सोममायालाई गुमाइन् । पाहुना आएकी सोममायाकी बहिनी सरस्वती...

‘सास भेटिने आस मर्‍यो, लास भेटे हुन्थ्यो’

‘सास भेटिने आस मर्‍यो, लास भेटे हुन्थ्यो’
सिन्धुपाल्चोक । दुई दिनअघि घरमा सकुशल छाडेकी आमालाई मध्यरातमा आएको बाढीले बेपत्ता बनाउला भन्ने बाह्रबिसे नगरपालिका–५ जम्बुका दावा तामाङले कल्पना पनि गरेका थिएनन्। मजदुरी गरेर आमालाई खुसी बनाउन घरनजिकै गाउँको विद्यालय निर्माणको काममा गएका दावा मध्यरातमा आएको ठूलो आवाजसँगै बेपत्ता भएकी आमालाई खोज्न बाढीले बगाएको आफ्नो घरआसपास घुमिरहेका छन्। साँझ मात्रै आमासँग फोनमा गफ गरेर आफू केही दिनपछि मात्र घ...

एपीएफ अस्पतालको आइसोलेसन छाडेका संक्रमित भन्छन्– ‘छिनछिनमा दुर्व्यवहार सहनुपर्‍यो’

एपीएफ अस्पतालको आइसोलेसन छाडेका संक्रमित भन्छन्– ‘छिनछिनमा दुर्व्यवहार सहनुपर्‍यो’
विदेशबाट यात्रु ल्याएपछि हामी सोल्टी होटलको क्वारेन्टाइनमा बसेका थियौं । पीसीआर गर्दा नौ जनालाई पोजिटिभ देखियो । २३ गते २ बजेतिर हामीलाई एम्बुलेन्समा राखेर बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लगियो । महिला र पुरुष राख्ने भवन फरक–फरक रहेछ । एम्बुलेन्सबाट परै झारेर कोठामा पठाइयो । तर, कोठा र उपचारका बारेमा जानकारी दिन कोही आएनन् । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा संक्रमितका घरबाट पठ...

पहिरोमा परि ४६ जनाको मृत्यु, ३७ घाइते, ५८ बेपत्ता

पहिरोमा परि ४६ जनाको मृत्यु, ३७ घाइते, ५८ बेपत्ता
मनसुन सुरु भएयता जेठ ३१ गते यता पहिरोबाट बढी क्षति भएको गृह मन्त्रालयले जनाएको छ । जस अनुसार मानिसको ज्यान जाने गरी विभिन्न १२ जिल्लामा बाढी र पहिरोजन्य ठूला विपद्का घटका भएका छन् । पहिरोका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सङ्घीय सरकार, स्थानीय तह र जिल्ला प्रशासन कार्यालय विपदपछिको उद्धार, राहत र उपचारमा जुटेको छ । गोरखापत्र दैनिकमा खबर छ । पर्वत, पाल्पा, बझाङ, गुल्...

माग सम्बोधन नभए सबै कक्षा ठप्प पार्ने निजी विद्यालयको चेतावनी

माग सम्बोधन नभए सबै कक्षा ठप्प पार्ने निजी विद्यालयको चेतावनी
निजी विद्यालयको संस्था प्याब्सन र एन प्याब्सनले आज शुक्रबारसम्म कुनै निर्णय नगरे आन्दोलनमा जाने चेतावनी दिएका छन् । दुई संस्थाले आफूहरुको मागप्रति सरकारले बेवास्ता गरेको उल्लेख गर्दै आन्दोलन गर्नुको विकल्प नभएको बताएका छन् । उनीहरुले सरकारको आश्वासन कुरेर आफूहरु हैरान भएको बताएका छन् । शिक्षामन्त्रीको आग्रहलाई स्वीकारेका प्याब्सन र एन प्याब्सनले आज शुक्रबारसम्म कुनै निर्णय नभए विद्यालय ठप्प ...