प्रस्ताव गरेको २५ दिन बितिसक्दा पनि निर्वाचन घोषणा भएन

प्रस्ताव गरेको २५ दिन बितिसक्दा पनि निर्वाचन घोषणा भएन
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सरकारसमक्ष २ मंसिरको मिति प्रस्ताव गरेको २५ दिन बितिसक्दा पनि सरकारले मिति घोषणा गरेको छैन । आयोगले निर्वाचनका लागि तयारी गर्न १ सय २० दिनको समय आवश्यक पर्ने भन्दै २२ असारमा सरकारसमक्ष २ मङ्सिरको मिति प्रस्ताव गरेको थियो । तर, सरकारले मिति घोषणा नगर्दा मङ्सिरमा निर्वाचन हुने नहुने निश्चित छैन । आयोगले मिति घोषणामा ढिलाइ भए निर्वाचन तयार...

कक्षा ११ मा भर्ना हुन १.६ जीपीए अनिवार्य

कक्षा ११ मा भर्ना हुन १.६ जीपीए अनिवार्य
माध्यमिक शिक्षा परीक्षा (एसईई)मा १.६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसार कक्षा ११ मा भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसईईमा यी चारवटा विषयमा कम्तीमा ‘सी प्लस ग्रेड’ हासिल गरी समग्र नतिजामा न्यूनतम १.६ जीपीए प्राप्त गरेको हुनुपर्नेछ। राष्ट्रिय परीक्षा ...

वैदेशिक रोजगारीमा उजुरी बढे, आफन्त र एजेन्टबाटै ठगी

वैदेशिक रोजगारीमा उजुरी बढे, आफन्त र एजेन्टबाटै ठगी
वैदेशिक रोजगारीमा जाने अधिकांश युवा दाजुभाइ, दिदीबहिनी, आफन्त र वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन्, यो क्रममा बढ्दो छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७८/७९ मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका एक हजार ७४२ वटा उजुरी परेका छन् । अघिल्लो आर्थिक यस्तै प्रकृतिका ७८० वटा उजुरी परेका थिए । पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा उजुरीको सङ्ख्या दोब्बरभन्...

दलीय उम्मेदवारले पनि हालेनन् आफैँलाई मत

दलीय उम्मेदवारले पनि हालेनन् आफैँलाई मत
स्थानीय निर्वाचन २०७९ मा पालिका प्रमुखमा उम्मेदवारी दिएका उम्मेदवारले आफैँले समेत मत नहालेको पाइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन परिणामबमोजिम राष्ट्रिय जनता पार्टी, नेपालले एक पालिकाको प्रमुख पदमा उम्मेदवारी दिएकोमा उम्मेदवार आफैँले समेत मत नहालेको पाइएको छ । उक्त दलले प्रमुख पदमा कुनै मत पाएको छैन । अध्यक्ष पदमा दुई जनाले उम्मेदवारी दिएकामा दुवैले आठ मत ल्याएका छन् । आयोगका अनु...

बलात्कार आरोपित ‘सिद्धबाबा’को पशुपतिमा महायज्ञ !

बलात्कार आरोपित ‘सिद्धबाबा’को पशुपतिमा महायज्ञ !
पशुपति मन्दिरमा चलिरहेको ‘अतिरुद्र महायज्ञ’ मा मंगलबार एकाएक होहल्ला हुन थाल्यो । होहल्लामा पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणमा पीडित भनिएकी रोशनी शाही सहभागी थिइन् । उनले ‘बलात्कार आरोपित व्यक्तिले आयोजना गरेको महायज्ञ’ भन्दै विरोध जनाएर हल्लाखल्ला गर्न थालिन् । सार्वजनिक कार्यक्रममा होहल्ला गरेको भन्दै प्रहरीले उनलाई तत्काल पक्राउ गर्‍यो । उनलाई पक्राउ गरेर प्रहरीले महायज्ञको वातावरण शान...

भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी

भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी
बञ्चरे डाँडा र सिसडोलका बासिन्दाले फोहोर लान नदिने धम्की दिएका छन् । सरकारसँग भएको सहमतिअनुसार माग पूरा नभएको भन्दै उनीहरूले भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी दिएका हुन् । स्था नीयले साउन ३१ भित्र फोहोर मैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष संवेदनशील क्षेत्रबाट मानव बस्तीहरू अलग गर्ने लगायतका काम सुरु नगरे सदाका लागि फोहोर फाल्न नदिने बताएका छन् । स्थानीय सङ्घर्ष समितिले हिजो ब...

आगामी निर्वाचनको खर्च विगतको भन्दा सस्तो हुने

आगामी निर्वाचनको खर्च विगतको भन्दा सस्तो हुने
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा प्रतिमतदाता दुई सय ८४ रूपैयाँ खर्च भएको छ। यो खर्च २०७४ सालको स्थानीय तह निर्वाचनको भन्दा कम हो। दुई वा तीन चरणको सट्टा एकै चरणमा निर्वाचन गराउँदा खर्च केही कम देखिएको हो। संविधानसभा निर्वाचनदेखि संघीयता कार्यान्वयन भएपछिका तीनवटा चुनावको खर्च तुलना गर्दा यस पटकको चुनावी खर्च मीतव्ययी देखिएको छ। यसअघि तीन चरणमा स्थानीय चुनाव गर्दा खर्च बढी भएको ...

होटलमा युवकलाई बन्धक बनाउने पक्राउ

होटलमा युवकलाई बन्धक बनाउने पक्राउ
दाङको तुलसीपुर स्थित सल्यान रोडमा रहेको युवम होटेलमा बन्धक बनाइएका एक युवकको प्रहरीले उद्धार गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुृरका डिएसपी श्यामु अर्याललेका नेतृत्वमा गएको प्रहरी टोलिले दैलेखको चामुन्डाबिन्द्रसैनी नगरपालिका–३ बस्ने बर्ष २७ को केशव कुमार बिकको उद्धार गरेको हो । दाङका युवाहरुले बुटवलमा बोलाएर एक महिलासंग होटलमा भेट गराए लगत्तै युवकलाई अपहरण गरेर तुलसीपुर ल्याईपु-याएका थिए । ...

जनप्रतिनिधिले २ दिनमा खाए ८०३ किलो मासु

जनप्रतिनिधिले २ दिनमा खाए ८०३ किलो मासु
स्थानीय तहमा कसरी भष्टाचार हुन्छ भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे पुग्छ । जहाँ जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण तयार पारेका छन् । यसमा खर्च मात्रै ७ लाख १० हजार रुपैयाँ गरिएको छ । नगरसभामा उपस्थितहरुको विवरण समेत नखुलाइ मासुमा नै यतिको खर्च गरेको महालेखा परीक्षकको तथ्यांकले पुष्टि गर्छ । उक्त तथ्याङ्कअनुसार नगरसभाका सहभागीहरुले १ हजारका दर...

रूखले किच्यो डाक्टर बन्ने सपना

रूखले किच्यो डाक्टर बन्ने सपना
विशेष खर्बुजा भक्तपुरको ख्वप कलेजका राम्रा विद्यार्थी हुन् । भक्तपुर नगरपालिका-२ का विशेष भविष्यमा डाक्टर बनेर कलेज र परिवारको नाम उज्ज्वल बनाउन चाहन्थे । ‘बायोलोजी’ विषय लिएर पढेका उनी कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा थिए । डाक्टर बनेर देशका दिनदुःखीको उपचार गरेर उनीहरूलाई खुसी पार्ने लक्ष्य उनको थियो। तर उनको त्यो लक्ष्य अब कहिल्यै पूरा नहुने भएको छ। आइतबार एक्कासि रूख ढलेर गाडीम...