राष्ट्रपति र मविरुद्ध षड्यन्त्र भयो : ओली
नेकपाभित्र शक्ति संघर्ष चुलिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्र भइरहेको भन्दै जुनसुकै कदम चाल्ने अवस्था आउन सक्ने भएकाले आ–आफ्नो कित्ता क्लियर गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर फर्केपछि साँझ ७ बजे उनले पार्टीभित्रैबाटै राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई हटाउने षड्यन्त्र भइरहेको मन्त्रीहरूलाई बताए । ‘तपाईंहरूले...










