ललिता निवासका सबै मोही ‘नक्कली
काठमान्डाैं / बालुवाटारको ललिता निवासस्थ्ति जग्गामा खडा गरिएका सबैजसो मोही ‘शंकास्पद’ भेटिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालसम्मको अनुसन्धानबाट २०७१ सालपछिका मोहीहरु नक्कली रहेको निष्कर्ष निकालेको हो । ललिता निवासबारे छानबिन गरेको पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले समेत यस्तै निष्कर्ष निकालेको थियो ।
तत्कालिन राजा महेन्द्रले जननिर्वाचित सरकार ढाल्ने अनि प्रजातान्त्र...











