तालमेल गरेरै चुनावमा जाने कांग्रेसको निर्णय, प्रत्यक्षतर्फको १६५ मध्ये ९० सिटमा दाबी

तालमेल गरेरै चुनावमा जाने कांग्रेसको निर्णय, प्रत्यक्षतर्फको १६५ मध्ये ९० सिटमा दाबी
नेपाली कांग्रेसले स्थानीय तहजस्तै आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धन आबद्ध दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमार्फत कांग्रेसले गठबन्धनआबद्ध दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो । ‘संविधान रक्षा र लोकतन्त्र थप सुदृढीकरणका गर्दै जनताको समुन्नतिको सपना स्थिर सरकारमार्फत सम्बोधन...

नागरिकता विधेयक पास गराउन गृहमन्त्रीको दौडधूप

नागरिकता विधेयक पास गराउन गृहमन्त्रीको दौडधूप
सत्ता गठबन्धन दलभित्र नागरिकता विधेयकको विषयमा साझा धारणा नबनिरहेको अवस्थामा गृहमन्त्री बालकृष्ण खाँणको सक्रियता बढेको छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेस भएपछि उनको सक्रियता बढेको हो । सत्ता गठबन्धनका दलमध्ये नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) नागरिकता विधेयक चाँडो पास गर्ने पक्षमा रहे पनि माओवादी केन्द्र र नेकपा एस भने अझै अलमलमा छन् । वैवाहि...

त्रिभुवन विमानस्थलबाट ७ महिनामा ४८० केजी सुन बरामद

त्रिभुवन विमानस्थलबाट ७ महिनामा ४८० केजी सुन बरामद
त्रिभुवन विमानस्थल भन्सारले गत आर्थिक वर्ष अन्तर्राष्ट्रिय हवाई यात्रुको साथबाट ७ महिनामा  ४८० किलो अवैध सुन बरामद गरेको छ । विमानस्थल भन्सारले आर्थिक वर्ष २०७८/७९ को विवरण सार्वजनिक गर्दै ३ अर्ब ८० करोड रुपैयाँ बराबरको सुन एयरपोर्टमा नियन्त्रणमा लिइएको जानकारी दिएको हो। भन्सार कार्यालयअनुसार बरामद सुनबाट ४५ करोड ५८ लाख अतिरिक्त राजस्व पनि संकलन भएको छ । कानुनतः विदेशबाट नेपाल आउने यात्रुले ...

प्रेमीसँग हिँडेकी युवतीमाथि सामूहिक बलात्कार

प्रेमीसँग हिँडेकी युवतीमाथि सामूहिक बलात्कार
कञ्चनपुरको पुनर्वास नगरपालिका–८ की युवती र पुनर्वास–९ ‘ख’ गाउँका २० वर्षीय सुशील विष्ट प्रेम सम्बन्धमा थिए । एक/डेढ महिनाअघि मात्रै चिनजान भएका उनीहरूले असार २३ गते भागी बिहे गर्ने योजना बनाए । त्यहीअनुसार विष्ट युवतीलाई लिन घरनजिकै पुगे । युवती तयार भएर आएपछि दुवै पुनर्वास–५ सिमरीमा पुगे । ‘उखुबारीमा विष्टले यौनसम्पर्क राख्दा अन्य तीन जना पनि आएछन्,’ कञ्चनपुर प्रहरीका डीएसपी चक्रबहादुर शाहले भ...

त्रिविद्वारा प्रश्नपत्रमा खेलाँची गर्नेलाई पढाउन प्रतिबन्ध

त्रिविद्वारा प्रश्नपत्रमा खेलाँची गर्नेलाई पढाउन प्रतिबन्ध
प्रश्नपत्र निर्माणमा खेलाँची गर्ने प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले तीन वर्षसम्म आङ्गिक क्याम्पसमा पढाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । त्यस्ता व्यक्तिलाई तीन वर्षसम्म विश्वविद्यालयको परीक्षासम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नदिने निर्णय पनि विश्वविद्यालय कार्यकारी परिषद्ले गरेको छ । यस्तो कारबाही गरिएका सबै जना करार सेवामा कार्यरत अध्यापक रहेको त्रिविले जनाएको छ । परीक्षासम्बन्धी...

नयाँ पार्टी खोल्दै बाबुराम

नयाँ पार्टी खोल्दै बाबुराम
अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत रुपमा फुट्ने भएको छ । जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरु नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् । ‘अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौं’, जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले भने, ‘उपेन्द्र यादवले स्वयं संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई नै कारबाही गर्नुहुन्छ भने उहाँसित सँगै बस्ने स...

इजरायल र कोरियाको रोजगारीले रेमिट्यान्स थप बढ्ने

इजरायल र कोरियाको रोजगारीले रेमिट्यान्स थप बढ्ने
आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल र कोरियाको रोजगारी पुनः सुरु भएसँगै रेमिट्यान्स थप बढ्ने देखिएको छ । विगत दुई वर्ष रोकिएर पुनः सुरु भएको कोरिया र हालै सुरु भएको इजरायल जाने नेपालीले मासिक औसत २ लाख रुपैयाँ पारिश्रमिक पाउने भएका कारण पनि आगामी दिनमा नेपाल आउने रेमिट्यान्स वृद्धि हुने देखिएको हो। चालू आर्थिक वर्षको ११ महिनामा रेमिट्यान्समा सामान्य वृद्धि भएको देखिए पनि इजरायलको रोजगा...

कालोबजारी नियन्त्रण गर्न स्रोतमै निगरानी

कालोबजारी नियन्त्रण गर्न स्रोतमै निगरानी
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न स्रोतमै निगरानी बढाउन थालेको जनाएको छ । उत्पादक र ठूला आयातकर्ताले निर्धारण गर्ने मनलाग्दी मूल्यमा अनुगमन गरेर नियन्त्रण गर्न सकियो भने तल्लो तहमा धेरै हदसम्म बजारको हालको बेथिति अन्त्य हुने सोचका साथ स्रोतमै निगरानी बढाउन थालिएको विभागले जनाएको हो । “यसअघि हुँदै आएको अनुुगमनलाई निरन्तरता दिँदै आएका छौँ,...

विदेशी ऋण खर्चै नगरी ब्याज तिर्दै सरकार

विदेशी ऋण खर्चै नगरी ब्याज तिर्दै सरकार
सरकारले विदेशबाट ऋण लिने र प्रयोग नै नगरी ब्याज मात्र तिरिरहेको पाइएको छ । निश्चित योजनाबिना नै सरकारले ऋण मात्र लिने र खर्च नगर्दा देशलाई अतिरिक्त भार पर्ने गरेको पाइएको हो । नेपाल सरकारले आर्थिक वर्ष २०७७/८८ मा वैदेशिक स्रोतबाट सडक पूर्वाधारका लागि मात्र ३८ अर्ब ४१ करोड १७ लाख ऋण लिएको छ । सो वैदशिक ऋणमध्ये सरकारले १० अर्ब १० करोड ७२ लाखको मात्र खर्च गरेको छ । बाँकी करिब ७४ प्रतिशत अर्थात्...

निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन

निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन
निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन अवस्थामा छन् । ६५९ वटा ल्यापटपको मूल्यसमेत खुलाइएको छैन । मूल्य नखुलाइएका ल्यापटपमध्ये ५८१ वटा प्रयोग नगरी थन्काइएका छन् । ‘कोर आई थ्री’ ल्यापटप प्रयोगविहीन बनाइएका हुन् । आयोगले किनेका उपकरण बेकामे अवस्थामा रहेकाले सम्बन्धित पदाधिकारीलाई कारबाही गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ । निर्वाचन आयोगमा जथाभावी ल्यापटप, छपाइ मेसिन किनेर...