छानो चुहिने भाडाको घरमा प्रहरीचौकी
पाँच कोठाको प्रहरीचौकी । भाडाको घरको छानो पानी पर्नै हुन्न, तपतप चुहिन्छ । कुनै कोठा बस्न लायक छैनन् । जीर्ण शौचालय । नजिकमा धारासमेत छैन, पानीकै समस्या ।
यो दृश्य बैतडी गोकुलेश्वर प्रहरीचौकी हो । कार्यक्षेत्र ठूलो भएकाले यहाँ कम्तीमा १० जनशक्ति आवश्यक छ । प्रहरीचौकी इन्चार्ज प्रहरी नायब निरीक्षक नरेन्द्रसिंह धामी ‘चौकीघर झनै जीर्ण हुँदै गएको’ सुनाउँछन् ।
‘यहाँ गाडी वा मोटरसाइकल आउने बाटो छै...










