मधेस प्रदेशमा ३३ लाखभन्दा बढी मतदाता, २१६३ मतदानस्थल

मधेस प्रदेशमा ३३ लाखभन्दा बढी मतदाता, २१६३ मतदानस्थल
मधेस प्रदेशमा स्थानीय तह चुनावका लागि ३३ लाख ३१ हजार १७० जना मतदाता कायम भएको छ । प्रादेशिक निर्वाचन कार्यालय जनकपुरधामका अनुसार प्रदेशभरि पुरुष १७ लाख ९७ हजार ९४५, महिला १५ लाख ३३ हजार १५८ र अन्य ६६ गरी कुल ३३ लाख ३१ हजार १७० जना मतदाताले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोग नेपालले २०७९ साल  वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको नामावलीसमेत समावेश गरिने हुँदा सो सङ्ख्यामा मतदा...

नागढुङ्गा सुरुङ मार्ग निर्माणमा अवरोध हट्यो

नागढुङ्गा सुरुङ मार्ग निर्माणमा अवरोध हट्यो
स्थानीयवासी र सुरुङ मार्ग आयोजनाबीच सहमति भएसँगै थानकोट-नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । आयोजनाको कार्यालयमा स्थानीयवासीले आक्रमण गरेपछि एक हप्तादेखि थानकोट-नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य ठप्प भएको थियो । सुरुङ मार्ग आयोजना प्रमुख नरेशमान शाक्यले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा आयोजना कार्यालय र स्थनीयवासीबीच भएको सहमतिसँगै आइतबार साँझबाट...

ठगिँदै साउदी अरेबिया जाने युवा

ठगिँदै साउदी अरेबिया जाने युवा
रोजगारीका लागि साउदी अरेबिया जाने युवासँग म्यानपावर र एजेन्टले चर्को सेवा शुल्क लिएको र सम्झौताविपरीत काममा लगाएको पाइएको छ। साउदीस्थित नेपाली दूतावासले पछिल्ला दिनमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य सङ्ख्याका नेपाली युवालाई म्यानपावर र एजेन्टले तोकिएको शर्त पालना नगरी काममा पठाएको जनाएको छ। दूतावासले सूचना जारी गर्दै रोजगारीका लागि त्यहाँ गएका युवाले काम र तलब नपाएको, तोकिएभन्दा बढी पैसा तिरेर...

सेना परिचालन गर्ने बाटो खुल्यो

सेना परिचालन गर्ने बाटो खुल्यो
आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ जारी गरेपछि सेना परिचालन गर्ने बाटो खुलेको हो । उक्त योजनामा सेना परिचालन गर्ने व्यवस्था छ । निर्वाचनमा सुरक्षा निकायलाई एकीकृत तथा समन्वयात्मक बनाउन नेपाली सेना परिचालन गर्नुपर्ने सिफारिस राष्ट्रिय सुरक्षा परिषद्ले चैत १...

७५३ पालिका प्रमुखमा एमालेका उम्मेदवार सिफारिस, टिकटमा नवप्रवेशीलाई प्राथमिकता

७५३ पालिका प्रमुखमा एमालेका उम्मेदवार सिफारिस, टिकटमा नवप्रवेशीलाई प्राथमिकता
प्रमुख प्रतिपक्षी एमालेले स्थानीय निर्वाचनमा नवप्रवेशीहरूलाई प्राथमिकता दिएको छ । नेपालगन्ज उपमहानगरपालिका र मोरङको रंगेली नगरपालिकाको नेतृत्वमा एमालेले नवप्रवेशीलाई अगाडि सार्ने भएको छ । नेपालगन्ज उपमहानगरमा दुई महिनाअघि पार्टी प्रवेश गरेका पशुपतिदयाल मिश्रलाई उम्मेदवार बनाउने एमालेको तयारी छ । नेपालगन्ज नगर कमिटीले मंगलबार मिश्रको नाम सर्वसम्मत चयन गर्दै माथिल्लो कमिटीमा पठाएको हो । हृदयेश त्...

खाद्य तथा पेयपदार्थमा कति प्रतिशतले बढ्यो महँगी ?

खाद्य तथा पेयपदार्थमा कति प्रतिशतले बढ्यो महँगी ?
अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपालमा पनि महँगी चर्किंदै गएको छ। गत वर्षको तुलनामा समग्र मुद्रास्फीति दोब्बरले बढेको छ। समग्रमा मुद्रास्फीति (मूल्यवृद्धि) ७ प्रतिशत नाघेको छ। गत वर्षको फागुन महिनाको तुलनामा खाद्य तथा पेयपदार्थ समूहभित्र घिउ तथा तेल, तरकारी, दुग्धजन्य उत्पादन तथा अन्डा र दाल तथा गेडागुडीलगायतको मूल्य अत्यधिक बढेको छ। तेलको मूल्य अकासिएको छ। घिउ र ...

फोहोर व्यवस्थापन गर्न नयाँ प्रविधि

फोहोर व्यवस्थापन गर्न नयाँ प्रविधि
सहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौती बनिरहेका बेला काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आधुनिक प्रविधिबाट फोहोर व्यवस्थापन गर्न सुरू गरेको छ ।घरघरबाट निस्कने फोहोरलाई प्रदूषण रहित रुपमा व्यवस्थापन गर्न नगरपालिकाले गर्न जापानी प्रविधिको इन्सिनरेटर मेसिन जडान गरी सञ्चालनमा ल्याएको छ । नगरपालिकाको आर्थिक सहयोग र हिटा हेभी मेसिनरी एन्ड रिसाइकलप्रालिको व्यवस्थापनमा घरघरबाट निस्कने फोहोरलाई धुँवारहित...

‘भूमाफिया नियन्त्रण नगरे कुनै ठाउँ बाँकी रहन्न’

‘भूमाफिया नियन्त्रण नगरे कुनै ठाउँ बाँकी रहन्न’
प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी पूर्वाधार निर्माणमा समन्वय नहुँदा आउने समस्या समाधानका लागि समन्वय गर्ने एकीकृत कानुनी व्यवस्था गरिने बताउनुभएको छ । उहाँले यससम्बन्धी कानुनी दोहोरोपन पनि अन्त्य गरिने बताउनुभयो राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी कोरिडोर ऐन तर्जुमाका लागि सहरी विकास मन्त्रालयले मङ्गलबार यहाँ आयोजना गरेको परामर्श गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समन्वयात्...

बाँचे चुर्लुम्म ऋण, मरे आफन्तलाई सास्ती

बाँचे चुर्लुम्म ऋण, मरे आफन्तलाई सास्ती
आर्थिक समस्या र त्यसमाथि गाउँसम्म सडक सञ्जाल नपुग्दा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिमकी उमा गुरुङको उपचारक्रममा यही चैत २४ गते काठमाडौँमा मृत्यु भयो । शव गाउँमै लगेर अन्तिम संस्कार गर्ने निर्णय परिवारका सदस्यले गरे । तर, काठमाडौँबाट गाउँमा शव लैजान आफन्तलाई धौ–धौ प-यो । हेलिकोप्टर चार्टर गर्न रकम अभाव भएकाले आफन्त सकसमा परेका हुन् । “अन्त्येष्टिका लागि शव गाउँमै लैजाने कुरा भयो । तर,...

२० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी

२० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी
सरकारले २० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी गरेको छ । सरकारले २० वर्ष पुराना गाडी सडकमा चलाउन नपाउनेगरी परिमार्जन गरिएको व्यवस्थालाई फेरि परिवर्तन गर्न लागेको हो । पुराना गाडीका कारण वातावरण प्रदूषण बढेको तथा दुर्घटनासमेत बढ्ने खतरा हुँदाहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने २० वर्ष पुराना सवारी साधनलाई फेरि सडकमा गुडाउन दिने गरी गृहकार्य थालेको हो । भौतिक मन्त्रालयल...