भीड बढ्यो, जोगिने कसरी ?
राजधानीका पहिलाका व्यस्त बजार जानुहोस्– लाग्छ, अहिले देशमा कोरोना महामारी छ र ? जताततै भीडै भीड छ। चोक–चोकमा बन्द गरिएका ट्राफिक लाइट खोलिएका छन्। सवारी जाम सुरु भइसकेको छ। सडकपेटीमा पैदलयात्रुको चाप छ।
अर्कातिर देशमा कोरोना संक्रमण प्रत्येक दिनजसो बढ्दो गतिमा छ। यससँगै चुनौती थपिएको छ– अब जोगिने कसरी ?
संक्रमणको जुन उचाइमा लकडाउन गरिनुपथ्र्यो, खोल्नुपर्ने बाध्यता आयो। जति बेला खोल्दा पनि फर...











