रोजगारी खोज्दै नेपाल आउने विदेशी बढे
काठमान्डाैं / वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या घटिरहेका बेला काम खोज्दै नेपाल आउने विदेशीको संख्या भने बढ्दै गएको पाइएको छ । नेपालमा ठूला परियोजना र अन्य विकास निर्माणका काम धमाधम बढ्न थालेपछि यस्ता परियोजनामा काम गर्न आउने विदेशीको संख्या बढेको हो ।
आर्थिक वर्ष २०७४/७५ मा नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १ हजार ६४३ रहेकोमा गत आर्थिक वर्षमा वर्षमा दुई हजार हराहा...










