तालमेल गरेरै चुनावमा जाने कांग्रेसको निर्णय, प्रत्यक्षतर्फको १६५ मध्ये ९० सिटमा दाबी
नेपाली कांग्रेसले स्थानीय तहजस्तै आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धन आबद्ध दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमार्फत कांग्रेसले गठबन्धनआबद्ध दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।
‘संविधान रक्षा र लोकतन्त्र थप सुदृढीकरणका गर्दै जनताको समुन्नतिको सपना स्थिर सरकारमार्फत सम्बोधन...











