छानो चुहिने भाडाको घरमा प्रहरीचौकी

छानो चुहिने भाडाको घरमा प्रहरीचौकी
पाँच कोठाको प्रहरीचौकी । भाडाको घरको छानो पानी पर्नै हुन्न, तपतप चुहिन्छ । कुनै कोठा बस्न लायक छैनन् । जीर्ण शौचालय । नजिकमा धारासमेत छैन, पानीकै समस्या । यो दृश्य बैतडी गोकुलेश्वर प्रहरीचौकी हो । कार्यक्षेत्र ठूलो भएकाले यहाँ कम्तीमा १० जनशक्ति आवश्यक छ । प्रहरीचौकी इन्चार्ज प्रहरी नायब निरीक्षक नरेन्द्रसिंह धामी ‘चौकीघर झनै जीर्ण हुँदै गएको’ सुनाउँछन् । ‘यहाँ गाडी वा मोटरसाइकल आउने बाटो छै...

पेट्रोलियम पदार्थको मूल्य घटाइयो, उपभोग्य वस्तुको मूल्यवृद्धि घट्नेमा शङ्का

पेट्रोलियम पदार्थको मूल्य घटाइयो, उपभोग्य वस्तुको मूल्यवृद्धि घट्नेमा शङ्का
सरकारले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर कटाएर उपभोक्तालाई राहत दिएको छ । सरकारको निष्कर्ष पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण बजार मूल्य बढेको भन्ने छ । कर कटाएर पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले बजार मूल्य अस्वाभाविक बढेकाले उपभोक्तालाई राहत दिन सरकारले मू...

अतिआवश्यकीय वस्तुको मूल्य दोब्बरभन्दा बढीले वृद्धि

अतिआवश्यकीय वस्तुको मूल्य दोब्बरभन्दा बढीले वृद्धि
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार तीन वर्षयता अतिआवश्यकीय वस्तुको मूल्य दोब्बरभन्दा बढी बढेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको वैशाखमा तीन दशमलव ६५ प्रतिशत रहेको मूल्य वृद्धि २०७९ वैशाख महिनामा सात दशमलव ८७ प्रतिशत पुगेको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत मूल्य वृद्धि ६.५ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेपनि त्यो नाघिसकेको छ । यस अवधिमा खाद्य तथा पेय पदार्थको मूल्य...

पेट्रोलियम पदार्थको भाउ घटाउने सरकारको संकेत

पेट्रोलियम पदार्थको भाउ घटाउने सरकारको संकेत
सरकारले कर समायोजन गरेर पेट्रोलियम पदार्थको भाउ घटाउने संकेत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गर्दै करका दरहरूमा समायोजन गर्न सकिने जनाएका हुन् । करका दरहरूमा समायोजन गरेरै भए पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने विषय संसद्मा उठेको र सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले सरकार सोह...

इम्बोस्ड नम्बरकाे उपयोगिता तत्काल देखिएन, पुरानै कागजात बोक्नुपर्ने

इम्बोस्ड नम्बरकाे उपयोगिता तत्काल देखिएन, पुरानै कागजात बोक्नुपर्ने
सवारी साधनलाई नयाँ इम्बोस्ड नम्बर उपलब्ध गराइए पनि नवीकरणलगायत कार्यका लागि साविककै सवारी नम्बर आवश्यक पर्ने भएको छ। सवारी साधनमा नयाँ इम्बोस्ड नम्बर प्लेट राखे पनि सवारी धनीले ब्लूबुक बोक्नैपर्ने र सवारी साधनको पुराने नम्बरका आधारबाट नवीकरण तथा नामसारी गर्नुपर्न हुँदा इम्बोस्ड नम्बरको उपयोगिता तत्काल देखिएको छैन। भेहिकल रजिस्टर प्रणाली (भीआरएस) लागू नहुँदासम्म पुरानै नम्बर आवश्यक रहने यातायात ...

राजधानीको सबै फोहोर १० दिनभित्र उठाइने

राजधानीको सबै फोहोर १० दिनभित्र उठाइने
राजधानीको सडक गल्लीमा थुप्रिएको सबै फोहोर १० दिनभित्र उठाइने भएको छ। काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले शुक्रबार १ सय ५३ र शनिबार करिब २ सय ५० ट्रक फोहोर बन्चरे ल्यान्डफिल साइटमा बसालेको थियो। कामपा बन्चरेडाँडा ल्यान्डफिल साइटका इन्जिनियर सरकारद्वीप श्रेष्ठले अब दैनिक करिब ३ सय ट्रिपर फोहोर विसर्जन गर्ने जानकारी दिए। उनका अनुसार शुक्रबार बिहान १ बजे स्थानीय र कामपाबीच १८ बुँदे सहम...

मतदाता नामावलीमा ७ प्रतिशतसम्म मृत्यु भएका मतदाता

मतदाता नामावलीमा ७ प्रतिशतसम्म मृत्यु भएका मतदाता
मतदाता नामावलीमा ३–७ प्रतिशतसम्म मृत्यु भएका मतदाता रहेको आङ्कलन गरिएको छ । तथ्याङ्कविद् एवं केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मी भन्छन् , “नमुना सङ्कलन गरिएका स्थानीय तहका मृतक मतदाता र कुल मतदाता सङ्ख्यालाई भाग गरी आउने प्रतिशतलाई औसत मृतक मतदाता प्रतिशतका रूपमा लिन सकिन्छ ।” यस आधारमा तथ्याङ्कविद् रेग्मीकै विधि पछ्याउँदा देशव्यापी रूपमा करिब ४.५३ प्रतिशत मृतक मतदाता हुने अनुमा...

यी जटिल रोगका बिरामीले अब मासिक पाँच हजार पाउने

यी जटिल रोगका बिरामीले अब मासिक पाँच हजार पाउने
सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक पाँच हजार भत्ता उपलब्ध गराउने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ५० करोड रुपियाँ बजेट छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा मिर्गौला प्रत्यारोपण तथा डायलासिस गराएका व्यक्ति, निको भएका क्यान्सरका बिरामी र मेरुदण्डको पक्षघात भएका बिरामीका लागि मासिक भत्ताको व्यवस्था गरिएको बताए । उनले मिर्गौला प्रत्यारोपण गरेका तथा डायलासिसमा रह...

एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, दुई जना घाइते

एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, दुई जना घाइते
पाल्पा । स्थानीय तह निर्वाचनअन्तर्गत उम्मेदवारहरुको घरदैलो अभियानमा पाल्पामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । आइतबार रामपुर नगरपालिका-१०, झेडीबजार सिकोडाँडामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा रामपुर नगरपालिका-१०, गेझाका डिल्लीराज न्यौपाने र जीवन परियार रहेका छन । प्रहरी उपरीक्षक जनकबहादुर शाहीले चुनाव प्रचारप्रसार...

सरकारी खर्चमा विदेश भ्रमण गर्न रोक

सरकारी खर्चमा विदेश भ्रमण गर्न रोक
मन्त्रिपरिषद्ले सरकारी खर्चमा हुने वैदेशिक भ्रमणमा रोक लगाएको छ । नेपाल सरकारको तर्फबाट अनिवार्य रूपमा प्रतिनिधित्व गर्नेबाहेक सरकारी खर्चमा हुने अन्य वैदेशिक भ्रमणमा रोक लगाउने निर्णय गरेको हो । पत्रपत्रिका खरिद, छपाइ, गोष्ठी, सेमिनार, आन्तरिक भ्रमणलगायतको खर्चमा मितव्ययिता कायम गरी नियन्त्रण गर्ने निर्णयसमेत गरिएको हो । त्यस्तै, ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्...