भीड बढ्यो, जोगिने कसरी ?

भीड बढ्यो, जोगिने कसरी ?
राजधानीका पहिलाका व्यस्त बजार जानुहोस्– लाग्छ, अहिले देशमा कोरोना महामारी छ र ? जताततै भीडै भीड छ। चोक–चोकमा बन्द गरिएका ट्राफिक लाइट खोलिएका छन्। सवारी जाम सुरु भइसकेको छ। सडकपेटीमा पैदलयात्रुको चाप छ। अर्कातिर देशमा कोरोना संक्रमण प्रत्येक दिनजसो बढ्दो गतिमा छ। यससँगै चुनौती थपिएको छ– अब जोगिने कसरी ? संक्रमणको जुन उचाइमा लकडाउन गरिनुपथ्र्यो, खोल्नुपर्ने बाध्यता आयो। जति बेला खोल्दा पनि फर...

भारतद्वारा अतिक्रमित भूमि छांगरुमा प्रधानसेनापति र सशस्त्रका आईजीपी

भारतद्वारा अतिक्रमित भूमि छांगरुमा प्रधानसेनापति र सशस्त्रका आईजीपी
दार्चुला । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल बुधबार दार्चुलाको छांगरु पुगेका छन् । प्रधानसेनापति थापा सेनाको अस्थायी बेस निरीक्षण र आईजीपी खनाल सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) निरीक्षण गर्न सैनिक हेलिकोप्टरबाट त्यहाँ पुगेका हुन् । दुवै जना बुधबार नै काठमाडौं फर्किएका छन् । सरकारले हालै भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लि...

लद्दाखमा भारत-चीन झडप हुँदा २० भारतीय सैनिकको मृत्यु

लद्दाखमा भारत-चीन झडप हुँदा २० भारतीय सैनिकको मृत्यु
भारत र चीनबीच एक महिनादेखि कायम तनाव बढेर हिंसात्मक झडपमा परिणत भएको छ । भारतीय र चिनियाँ सेनाबीच सोमबार राति पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको झडपमा परी भारतीय सेनाका एक जना अधिकृत (कर्णेल) सहित २० जनाको मृत्यु भएको छ । सुरुमा भारतीय सेनाले झडपमा एक जना कर्णेलसहित ३ जना भारतीय सैनिकको मृत्यु भएको बताएको थियो । मंगलबार राति भारतीय सेनाले एक वक्तव्यमार्फत झडपमा गम्भीर घाइते भएका अन्य १७ जना स...

एउटै चितामा जले दम्पती

एउटै चितामा जले दम्पती
चन्द्र शमशेरले १९७७ सालमा सती प्रथामा बन्देज लगाएपछि त्यस्ता घटना विरलै सुनिन्थे। तर, सोमबार पर्वतको मोदीवेणी घाटमा भएको घटनाले सती प्रथाकै झल्को दिइरहेको थियो। श्रीमान्– श्रीमती एउटै चितामा जलिरहेका थिए। पहिरोले पुरिँदा ज्यान गुमाएका तुलबहादुर थापा र उनकी श्रीमती मीनकुमारीलाई एउटै चितामा राखेर दाहसंस्कार गरिएको हो। कुश्मा नगरपालिका–३ दुर्लुङको काउलेमा शनिबार राति पहिरोमा पुरिएर दुई परिवारका ८ ...

चीनको सीमामा तनाब बढेपछि भारतले बोलायो गोर्खा सैनिक

चीनको सीमामा तनाब बढेपछि भारतले बोलायो गोर्खा सैनिक
भारत र चीन सीमामा ४५ वर्षपछि पहिलोपटक दुई देशका सैनिकबीचको दोहोरो भिडन्तमा मानवीय क्षति भएको छ । सोमबार राति भएको दुई पक्षबीचको भिडन्तमा भारतीय एक सैन्य अधिकारी र दुई सैनिक जवानको मृत्यु भएको भारतले जनाएको छ । यद्यपि, दुई देशका सैनिक अधिकारीबीच पछिल्लो अवस्थालाई लिएर वार्ता पनि भइरहेको जानकारी दिइएको छ । ५ मेमा लद्दाखको प्यान्गोङ सो हिमतालनजिकै दुई देशका सैनिकबीच धकेलाधकेल हुँदा दुवैतर्फका केही...

लिम्पियाधुरा-लिपुलेक-कालापानीको यथार्थ

लिम्पियाधुरा-लिपुलेक-कालापानीको यथार्थ
धेरैलाई लाग्न सक्छ- लिम्पियाधुरा-लिपुलेक-कालापानी क्षेत्र अनकन्टार होला। भारतले वर्षौंदेखि कब्जा गरेको उक्त नेपाली भूमि खासमा साँच्चै मनमोहक छ। यताका कसैले टेक्न, देख्न नपाइरहेको उक्त भूमिबारे धेरैलाई कौतुहल बढ्दो छ। प्राकृतिक सुन्दरताको छुट्टै मोहक छरिरहेछ पराइले ओगटेको यो भागले। २०५८ सालमा दार्चुलाका तत्कालीन प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक सीमा विवाद नियाल्न कालापानीसम्म गए। ठूलै अनुरोध...

नेपालको क्षेत्रफल अझै बढ्ने

नेपालको क्षेत्रफल अझै बढ्ने
जेठ पहिलो साता सार्वजनिक गरिएको नयाँ नक्साअनुसार नेपालको क्षेत्रफल अनुमान गरिएको एक लाख ४७ हजार पाँच सय १६ वर्ग किलोमिटरभन्दा अझै बढ्ने विज्ञहरूले जनाएका छन् । अहिले भन्ने गरिएको एक लाख ४७ हजार पाँच सय १६ वर्ग किमि सरकारको आधिकारिक तथ्यांक नभएको भन्दै नापी विभागका उच्च प्राविधिकहरू नयाँ क्षेत्रफल यकिन गर्न लागिपरेका छन् । संविधानको अनुसूची ३ मा राखिएको नक्सालाई आधार मानेर हिसाब गर्दा नेपालको...

अब अपुताली सम्पत्ति लिन नाताकै हकवाला हुनु नपर्ने

अब अपुताली सम्पत्ति लिन नाताकै हकवाला हुनु नपर्ने
सर्वोच्च अदालतले अपुतालीको सम्पत्ति उपभोग गर्न परिवार वा नातावाल नै हुनु नपर्ने भनी व्याख्या गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयाँलको इजलासले ३ पुस २०७६ मा गरेको अंश विवादसम्बन्धी मुद्दामा फैसला गर्दै यस्तो नजिर कायम गरेको हो । नवलपरासीका नारायण थारू, इन्द्रकुमारी देवी र हरेन्द्रकुमार चौधरीको अंश मुद्दामा सर्वोच्चले गरेको यो फैसलापछि अब अपुताली उसको पालन...

आजबाट सबै सरकारी कार्यालय खुला, आजबाट दुई सिफ्टमा सञ्चालन हुने

आजबाट सबै सरकारी कार्यालय खुला, आजबाट दुई सिफ्टमा सञ्चालन हुने
विगत ८३ दिनदेखि बन्द रहँदै आएका देशभरका सरकारी कार्यालयहरू आज (१ असार)देखि दुई सिफ्टमा सञ्चालनमा आउने भएका छन् । लकडाउनको समयमा केन्द्रीय निकायका रूपमा रहेका मन्त्रालय र केही अत्यावश्यकीय सेवा दिने कार्यालयबाहेक अधिकांश कार्यालयहरू बन्द रहँदै आएका थिए । गत २८ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई केही खुकुलो बनाउने र १ असारदेखि देशभरका सरकारी कार्यालयको सेवाप्रवाह सञ्चालन गर्ने निर्णय गर...

सीमा समस्याको निकास वार्ताबाटै : भारत

सीमा समस्याको निकास वार्ताबाटै : भारत
भारतले कोभिड–१९ पछि नेपालसँगको सीमा विवाद दुईपक्षीय वार्ताबाट निकास निकाल्ने पुनः जनाएको छ। यसअघि पनि भारतले दुईपक्षीय वार्ता कोभिड–१९ पछि अन्तर्राष्ट्रिय उडान खुलेपछि गर्ने बताउँदै आएको थियो। भारतीय विदेश मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा उसले पुरानै धारणा दोहोर्‍याएको हो। सीमाको विषयलाई लिएर भारत–नेपालबीच देखिएको पछिल्लो तनाव कुन अवस्थामा छ भन्ने जिज्ञासामा विदेश मन्त्रालयका प्र...