काठमाडौं महानगरलाई भत्काउने काम रोक्न एकै दिन २२ पत्र

काठमाडौं महानगरलाई भत्काउने काम रोक्न एकै दिन २२ पत्र
टुकुचामाथि कानूनसम्मत निर्माण भएका भवन र १३० वर्ष इतिहास बोकेका टुकुचा छोप्ने गुम्बज आकारको डुँड भत्काएको लगायतका विषयमा काठमाडौं महानगरपालिका विरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ । उच्च अदालत पाटनले काम रोक्न आदेश दिँदै काटेका ति पत्रहरू हिजो महानगरपालिकामा बुझाएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले एकैदिन काम रोक्न २२ वटा पत्र आएको पुष्टि गरे ।   अदालतका कर्मच...

गाउँका सिंहदरबारमा धेरै भ्रष्टाचार

गाउँका सिंहदरबारमा धेरै भ्रष्टाचार
सङ्घीयता कार्यान्वयनसँगै केन्द्रको अधिकार स्थानीय तहमा गएपछि भ्रष्टाचारजन्य गतिविधि पनि उतै सरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आर्थिक वर्ष २०७८/७९ को आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आयोगले सोही प्रतिवेदनको जानकारी पत्रकार सम्मेलन गरी गराएको हो । ...

नागरिकता विधेयकः सरकार–राष्ट्रप्रमुख दूरी बढ्यो

नागरिकता विधेयकः सरकार–राष्ट्रप्रमुख दूरी बढ्यो
संसद्को दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयक प्रमाणीकरण नभएपछि सरकार र राष्ट्र प्रमुखबीचको दूरी बढेको छ । संसद्का दुवै सदनबाट दुईपटक पारित नागरिकता विधेयकमा ‘आफ्ना सुझाव नसमेटिएको’ भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक (१५ दिन) पाएको समय मंगलबार गुजारेकी हुन् । गत २९ साउनमा राष्ट्रपति भण्डारीले संशोधन सन्देशसहित विधेयक प्रतिनिधि...

भर्नाका आधार खारेज, अब एसइईपछि जुनसुकै विषय पनि पढ्न पाउने

भर्नाका आधार खारेज, अब एसइईपछि जुनसुकै विषय पनि पढ्न पाउने
एसइईमा कम्तीमा जिपिए १.६ ल्याउने सबै विद्यार्थीले कक्षा ११ मा प्रवेश पाउने भएका छन् । यसअघि भर्नाका आधार तोकेर प्रवेश परीक्षाकै लागि अयोग्य बनाइने गरेकोमा अब भने कुनै पनि विद्यार्थीमाथि अवरोध नहुने भएको हो । अहिले भर्ना हुन बाँकी रहेका तथा यस वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)पछि न्यूनतम डी अर्थात् ३५ अंक ल्याएका सबै विद्यार्थीले साइन्सलगायत सबै विषय अध्ययनका लागि प्रवेश परीक्ष...

विद्यार्थीद्वारा नगरपालिका कार्यालयमा तोडफोड

विद्यार्थीद्वारा नगरपालिका कार्यालयमा तोडफोड
शैक्षक भ्रमणका लागि रकम उपलब्ध नगराएको भन्दै विद्यार्थीहरुले बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा तोडफोड गरेका छन् । कचोर्वा, कंकाली, खजानी माध्यामिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीले कार्यालयमा तोडफोड गरेका हुन् । कार्यालयमा तोडफोड र प्रहरीमाथि ढुङ्गामुढा गर्दा प्रहरी निरीक्षक देवराज काफ्लेसहित सात सुरक्षाकर्मी घाईते भएका छन् भने केही विद्यार्थी समेत घाईते भएका छन् । कार्यालयको गाडी,...

प्रभावशाली नेताले नै ‘समानुपातिक’ रोजेपछि आलोचना तीव्र

प्रभावशाली नेताले नै ‘समानुपातिक’ रोजेपछि आलोचना तीव्र
आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । प्रमुख राजनीतिक दलले प्रभावशाली नेता, पटकपटक सांसद–मन्त्री भएका नेतालाई नै ‘समानुपातिक उम्मेदवार’को बन्द सूचीमा राखेपछि आलोचना तीव्र बनेको हो । प्रतिनिधिसभाका १ सय १० र प्रदेशसभाका २ सय २० सिटका लागि राजनीतिक दलले उम्मेदवार सूची सोमबार नै आयोगमा बुझाएका ...

दल दर्ता गर्न सजिलो, चलाउन मुस्किल

दल दर्ता गर्न सजिलो, चलाउन मुस्किल
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ८६ दल भाग लिँदै छन्। साउन २० गतेसम्म निर्वाचन आयोगमा दर्ता कायम रहेका दलको सङ्ख्या भने ११६ छ तर समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ राजनीतिक दल दर्ता भएकामा सोमबार ४८ दलले मात्र उम्मेदवारको बन्दसूची बुझाए। समग्र निर्वाचन प्रक्रियाबाट ३० दल पहिले नै बाहिरिए भने समानुपातिक प्रणालीमा २० दलले भाग लिएनन्। राजनीतिक दलसम्बन्धी ऐन...

आइओसीले फेरि घटायो पेट्रोलियम पदार्थको भाउ, नेपालमा उहि मूल्य

आइओसीले फेरि घटायो पेट्रोलियम पदार्थको भाउ, नेपालमा उहि मूल्य
इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नेपाल आयल निगम लिमिटेडलाई पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएर पठाएको छ । शुक्रबार दिउँसो नै निगमले खरिद गर्ने मुख्य पेट्रोलियमको खरिद दर घटेर आए पनि नेपाली बजारका लागि निर्धारण गरिएको बिक्री मूल्य समायोजन गरिएको छैन । निगम स्रोतका अनुसार शुक्रबार नयाँ खरिददर प्राप्त हुँदा पेट्रोल ६.५५ रुपैयाँ, डिजेल ४२ पैसा र हवाई इन्धन १.५० रुपैयाँ प्रति...

संविधान दिवस : सुस्त कार्यान्वयन, नागरिकको मौलिक हकमाथि खेलाँची

संविधान दिवस : सुस्त कार्यान्वयन, नागरिकको मौलिक हकमाथि खेलाँची
३ असोज संविधान दिवस । संविधान जारी भएको सात वर्ष बित्यो । २००४ सालमा संवैधानिक विकासको क्रम सुरु भएसँगै संविधान बन्ने क्रम सुरु भयो । त्यसयता २०७२ सालसम्म आउँदा मुलुकले सात वटा संविधान पाइसकेको छ तर नागरिकका तमाम खाले समस्या समाधान हुन सकेको छैन भने विकास र समृद्धिप्रतिको आशा र अपेक्षामा पनि सुधार आउन सकेको छैन । राजनीतिक प्रणाली फेरिए पनि शासकको प्रवृत्ति फेरिन नसक्दा नागरिकले दुःख पाउने क्रम घटे...

कर्णालीको यात्रा ‘भगवान् भरोसा’

कर्णालीको यात्रा ‘भगवान् भरोसा’
कर्णालीको पीडामै सीमित छैन । साँघुरा सडकमा ‘भगवान् भरोसा’मा यात्रा गर्न बाध्य छन्, जनता । अझ सडकछेउमै गाडी झुन्डिएको कहाली लाग्दो दृश्यले त आङै सिरिङ पार्छ । चालक हरिबहादुर कार्की दुःखेसो पोख्छन्, ‘राजमार्गमा यात्रा गर्दा कहिलेसम्म सास्ती खेप्नुपर्ने हो ? केही थाहा छैन ।’ राजमार्गअन्तर्गत दैलेख खण्डको सियाँला, जाक्सी, राकमकर्णाली, घट्टेखोला क्षेत्रमा सडकको अवस्था नाजुक छ । कालिकोट सडकखण्डको सुन...