चार महिनापछि फोहोरको व्यवस्थापन सम्पन्न

चार महिनापछि फोहोरको व्यवस्थापन सम्पन्न
काठमाडौँ महानगरपालिकाले गत वैशाखदेखि थुप्रिएको फोहोरको व्यवस्थापन चार महिनापछि सम्पन्न गरेको छ। काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले करिब चार महिनादेखि महानगरको सडकपेटी, चोक र गल्लीमा थुप्रिएको फोहोर व्यवस्थापन सम्पन्न भएको दाबी गर्नुभयो। वैशाख १२ देखि नै फोहोर व्यवस्थापनमा अवरोध हुँदै आएको थियो। उहाँले भन्नुभयो, “विभिन्न कारणवश थुप्रिएको फोहोर सङ्कलन गरी बन्चरेडाँडास्थित ल्यान्ड...

पछिल्ला ८५ दिनमा छ अर्ब रुपैयाँको बिजुली भारत निर्यात

पछिल्ला ८५ दिनमा छ अर्ब रुपैयाँको बिजुली भारत निर्यात
चर्को व्यापार घाटा सहिरहेको मुलुकका लागि पछिल्ला दिनमा केही सुखद सङ्केत देखा परेका छन् । कुनैबेला बिजुली आयात गर्ने मुलुक अब भने विद्युत् निर्यातक देशका रुपमा परिणत भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्ला ८५ दिनमा मात्रै झण्डै छ अर्ब बराबरको बिजुली भारत निर्यात भएको छ । यसले चर्को खडेरीमा वर्षात् भए जस्तै राहतको महसुस भएको छ । हाल दैनिकरुपमा नै कूल तीन सय ६४ मेगावाट बराबरको बिजुली...

फेरि लम्बियो मदिरा, मोबाइल र सवारी आयातको प्रतिबन्ध

फेरि लम्बियो मदिरा, मोबाइल र सवारी आयातको प्रतिबन्ध
 सरकारले महँगा सवारीसाधन, मदिरा, मोटरसाइकल र मोबाइल आयातमा लगाएको प्रतिबन्ध फेरि लम्ब्याएको छ । मन्त्रिपरिषद्को सोमबारको बसेको बैठकले यस्तो निर्णय गरेसँगै विलासिताका वस्तुका रूपमा लिइएका यी चार किसिमका सामान आयातमा लगाइएको प्रतिबन्ध आगामी २८ असोजसम्मका लागि कायम राखिएको हो । बढ्दो आयात घटाएर वैदेशिक मुद्रा सञ्चिति दरको हालको अवस्थामा केही सुधार ल्याउने उपायअनुसार सरकारले आगामी २८ असोज...

सार्वजनिक यातायातमा ब्यूँतिन थाल्यो सिन्डिकेट

सार्वजनिक यातायातमा ब्यूँतिन थाल्यो सिन्डिकेट
सार्वजनिक यातायातको सिन्डिकेट हटाइएको पाँच वर्ष नबित्दै पुनः ब्यूँतिन थालेको छ । त्यसको थालनी गत वर्षदेखि नै ट्रक तथा टिप्पर सङ्घको दर्ताबाट सुरु भइसकेको छ । बस व्यवसायीको पनि चाँडै पूर्ववत् समिति दर्ता हुने दाबी व्यवसायीको छ सिन्डिकेट हटाउन सर्वोच्च अदालतले २०६७ माघ १९ गते ‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई एकाधिकार कायम हुने, सिन्डिकेट, कार्टेलिङ र त्यस्ता अन्य कुनै पनि रूपका क्...

१ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्दै

१ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्दै
प्रहरी प्रधान कार्यालयले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी भर्ना गर्ने तयारी गरेको छ । निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने भन्दै प्रधान कार्यालयले संख्या र बजेटसहितको विवरण गृह मन्त्रालयलाई बुझाएको थियो । यसपछि गृहले अर्थ मन्त्रालयसँग स्वीकृति मागेको थियो । अर्थ मन्त्रालयले गत आइतबार माग भएभन्दा ५ हजार संख्या कम...

बन्द आँखाले सात छोरीको लालनपालन

बन्द आँखाले सात छोरीको लालनपालन
दुवै आँखा देख्न छाडेको १५ वर्ष भयो तर सात छोरीको लालनपालनको दायित्व उनकै काँधमा छ। त्यो पनि उनले करिब करिब पार लाएकी छन्।p उनमा फेरि आफ्नै आँखाले संसार देख्ने धोको छ। रामेछाप जिल्लाको मन्थली नगरपालिका–९, पुराना गाउँकी ४० वर्षीया चमेली मगरका दुवै आँखा बन्द छन्। यस्तैमा पतिको पनि निधन भएपछि आठमध्ये सात छोरीको लालनपालन र पठनपाठनको जिम्मा उनकै काँधमा आएको हो। चमेलीका आठ छोरीमध्ये जेठीको मात्र वि...

देउवासँग ओलीको गुनासो : राष्ट्रपतिको मानमर्दन गरियो

देउवासँग ओलीको गुनासो : राष्ट्रपतिको मानमर्दन गरियो
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक बहुमतका आधारमा जबरजस्ती पास गराई सरकारले राष्ट्रपतिको मानमर्दन गरेको बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार भएको भेटमा उनले राष्ट्रिय सहमतिका आधारमा नागरिकता विधेयक पास गराउनुपर्नेमा राष्ट्रपतिलाई नै विवादतान्ने गरीमा तान्नेगरी विधेयक पास गराएको भन्दै आपत्ति जनाए ‘राष्ट्रपति कोही पार्टी वा व्यक्ति विशेष...

चौतर्फी दबाबमा राष्ट्रपति, स्वीकृत गर्लिन् त नागरिकता विधेयक ?

चौतर्फी दबाबमा राष्ट्रपति, स्वीकृत गर्लिन् त नागरिकता विधेयक ?
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको योजनाअनुसार प्रतिनिधिसभाले आफ्ना सबै सुझावलाई पुरै बेवास्ता गरेर नागरिकता विधेयक पुनः पारित गरेपछि नागरिक अगुवा, कानुनविद् तथा सुरक्षा निकायका पूर्व उच्चपदस्थहरूसँग छलफल गरी आवश्यक रायसुझाव लिने कामलाई तीव्रता दिएकी छन् । सरकारले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित गराई सो विधेयक फेरि राष्ट्रपतिसमक्ष पठाउने तयारीलाई तीव्र पारेको छ । राष्ट्रपति भण्डारीले...

जग्गाको कारोबार ठप्प

जग्गाको कारोबार ठप्प
ललितपुरका विकास केसीले जग्गा बिक्री गरेर पैसाको जोहो गरी छोरालाई क्यानडा पठाउने योजना बनाए । पैतृक सम्पत्तिबाट आफ्नो अंश लिएको जग्गाबाट आएको पैसाले तत्काल समस्या व्यवस्थापन गर्ने सोचले अंशबन्डा गर्ने भनेर मालपोत कार्यालय पुग्दा उनको काम भएन । जग्गा वर्गीकरण नहुँदा काम रोकिएको थाहा पाएपछि उनी समस्या लिएर महालक्ष्मी नगरपालिका गए। नगरपालिकाले तत्काल जग्गा वर्गीकरणको काम हुन नसक्ने बताएपछि छोरा व...

जोखिम बढाउँदै ‘रिसाइकल’सिम

जोखिम बढाउँदै ‘रिसाइकल’सिम
सात वर्षअघि इलामका विशाल दाहालले लिएको नेपाल टेलिकमको पोस्टपेड सिमकार्डको नम्बर एक वर्ष नेपालबाहिर रहँदा टेलिकमले अरूलाई नै बेचिदियो । त्यसैले गर्दा उनी अहिले तनावमा छन् । सुरक्षाका लागि फेसबुक र इन्स्टाग्राम एकाउन्टमा सोही नम्बर राखिएकोमा त्यसैबाट बारम्बार लगइन प्रयास भइरहेको उनको गुनासो छ । दाहालका आफन्तलाई पनि त्यही नम्बरबाट अनावश्यक फोन गइरहेको छ । बैङ्क खातामा त्यही नम्बर राखिएकाले कारोबार...